लग्जरी फिचर र कम मूल्यमा आउने ५ नयाँ कार

काठमाडौं । अटोमोबाइल क्षेत्रमा नयाँ नयाँ उत्पादन ल्याउनु पर्ने वाध्यतामा हरेका कम्पनी पुगेका छन् । कुनै पनि नयाँ मोडलले करिब २ वर्षभन्दा लामोसमय राम्रो व्यापार गर्न छाडेसँगै भारतमा रहेका कार उत्पादक कम्पनीहरुले नयाँ मोडलहरु बजारमा ल्याई रहेका छन् ।

सन् २०२० मा पनि थुप्रै कम्पनीले नयाँ मोडल सार्वजनिक गर्ने छन् । जसमा हुन्डाई, टाटा, फक्सवागेन, किया जस्ता ब्राण्डले ल्याउने प्रिमियम कारहरु ४० लाख रुपैयाँ भन्दा कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ ।

यस्तोमा ४० लाखभन्दा कम मूल्यका आउँदै गरेका नयाँ कार मोडलहरु यस प्रकार रहेका छन् ।

१. टाटा अल्ट्रोज

टाटा मोटर्सको पहिलो प्रिमियम ह्याचब्याक कार अल्ट्रोज भारतमा सार्वजनिक भइसकेको छ । अबको केही महिना भित्र नेपाल आउने अल्ट्रोजको मूल्य करिब ३५ लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

कम्फर्ट, स्पेश, क्लासिक फिचर तथा ठूला कारको जस्तै पफर्मेन्सको कारण यसलाई उत्कृष्ट हुने बताइएको छ । नयाँ अल्फा प्लाटफर्ममा निर्माण भएको अल्ट्रोजमा विभिन्न विशेषता दिइएको छ ।

यसको चेसिसमा कम तौलको मेटलको प्रयोग गरिएको छ भने आकर्षक हेडलाइट, रनिंग लाइटको फिचर दिइएको छ । अल्ट्रोजमा अल ब्ल्याक ड्याशबोर्ड, चारओटा एयरकन भेन्टलगाइएको छ । यसमा ३४१ लिटरको बुटस्पेश दिइएको छ भने १७ इन्च अलोय ह्वील लगाइएको छ ।

अल्ट्रोजमा १.२ लिटर टर्बोचार्ज थ्री सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ । यसले ५५ सय आरपीएममा १०२ एचपी पावरका साथै १७५० देखि ४ हजार आरपीएममा १४० एनएम टर्क उत्पादन गर्छ । यसमा ७.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको प्रयोग गरिएको छ ।

२. हुन्डाई आई २०

विभिन्न समयमा परिक्षणका तस्विरहरु बाहिर आइरहेको हुन्डाईको प्रिमियम ह्याचव्याक कार आई २० को मूल्य ४० लाखभन्दा कम हुनेछ । फेब्रुअरीमा हुने अटो एक्स्पो २०२० मा यसलाई देखाउने तयारी कम्पनीले गरिरहेको बुझिएको छ ।

नयाँ डिजाइनमा आउने आइ–२० लाई रेगुलर मोडलको तुलनामा थुप्रै परिमार्जन गरिएको छ । यसमा भेन्यूमा उपलब्ध १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन लगाइएको छ । आकर्षक सुरक्षा फिचर उपलब्ध हुने आई २० आगामी अप्रिलबाट भारतमा बिक्री सुरु हुने अनुमान गरिएको छ ।

३. पोलो १.० टिएसआई

फक्सवागेन ल्याउन लागेको १.० लिटर टिएसआई इन्जिन युक्त ह्याचव्याक कारको मूल्य करिब ३५ लाख रुपैयाँ हाराहारी पर्नेछ । कम्पनीले १.२ लिटर पोलोलाई १.० लिटर इन्जिनमा ल्याउन लागेको हो ।

उक्त इन्जिनले १०५ पीएस पावर र १७५ एनएम टर्क प्रदान गर्छ । यसलाई कम्पनीले २०२० को मध्यसम्ममा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

४. हुन्डाई अउरा

काठमाडौं । होन्डाई मोटरले आफ्नो नयाँ मोडल अउरा केही समयपछि बजारमा ल्याउँदै छ । यसको मूल्यपनि ३५ लाख हाराहारीमा पर्ने अनुमान गरिएको छ । कम्पनीले अर्को महिना बजारमा उतार्ने तयारी गरिरहेको कम्प्याक्ट सेडान कार अउरामा १.० टर्बो इन्जिन दिन लागेको हो ।

कम्पनीले पेट्रोल र डिजेल दुबै अप्सनमा उपलब्ध गराउने अउरामा १.० टर्बो जिडिआई कपा डियुल भीटीभीटी पेट्रोलको अलावा १.२ कपा डियुल भीटीभीटी पेट्रोल र १.२ यू२ सिआरडीआई डिजेल इन्जिन दिने जनाएको छ ।

यसमा दिइएको सबै इन्जिनले भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको भएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक, १.० लिटर पेट्रोलमा म्यानुयल र १.२ लिटर डिजेलमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने उल्लेख छ ।

५. किया सब कम्प्याक्ट एसयूभी

कियाले ‘क्युवाइआइ’ कोण नेममा बनाइरहेको कम्प्याक्ट एसयूभीको सुरुवाति मूल्य ४० लाख भन्दा कम हुने छ । यो एसयूभीलाई आगामी जुलाईमा सार्वजनिक गर्ने घोषणा कम्पनीले गरिसकेको छ ।

कम्पनीले आफ्नो ब्राण्ड न्यू मोडल क्यूवाईआईलाई २ इन्जिन अप्सनको साथ बजारमा ल्याउने छ । जसमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनमा म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनको विकल्प दिइने छ ।

यसमा रहेको १.२ लिटर इन्जिनले ८२ बीएच पावर र ११८ एनएम टर्क प्रदान गर्छ भने १.० लिटर इन्जिनले ११४ बीएच पावर र १७२ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले यसको फ्रन्टमा सिग्नेचर टाइगर नोज ग्रिल दिने छ भने स्प्लिट हेडल्याम्प क्लस्टरले गाडीलाई विशेष बनाउने छ । आकर्षक डिजाइन, तथा लुक्समा तयार भइरहेको यस मोडलमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, क्लाउड बेस सर्भिस जस्ता विशेषता रहने बताइएको छ ।


Back_to_top