औषत मूल्यका तीन कार नेपाल आउँदै, तपाईको छनोट कुन ?

काठमाडौं । नयाँ वर्ष २०२१ लागेसँगै नेपाली बजारमा तीन नयाँ कार आउने भएका छन् । टाटा, निसान र हुन्डाईले नयाँ कार ल्याउने तयारी सुरु गरेका हुन् ।

यी तीन कम्पनी मध्ये सबैभन्दा पहिला टाटाले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभीको फेसलिफ्ट मोडल नेपाल ल्याउने छ । कम्पनीले टाटा नेक्सनको बीएस ६ पेट्रोल इन्जिन सार्वजनिक गर्ने छ ।

सिप्रदी ट्रेडिङले ल्याउने टाटा नेक्सन सन् २०२० मा फेसलिफ्ट भएको मोडल हो । नेपाली बजारमा पनि टाटा नेक्सन सफल सब फोर मिटर एसयूभीमा पर्छ । कम्पनीले जनवरी अन्तिमसम्ममा नयाँ नेक्सन सार्वजनिक गर्ने छ ।

त्यसैगरि भारतमा केहि दिनअघि मात्रै सार्वजनिक भएको निसान म्याग्नाइट पनि चाँडै नेपाल आउने मोडल हो । निसानको आधिकारीक वितरक पायोनियर मोटो कर्पले म्याग्नाइटको आफ्नो सामाजिक संजालमा प्रचार प्रसार सुरु गरिसकेको छ । ढिलोमा फेब्रुअरी पहिलो सातासम्म निसान म्याग्नाइट नेपाली बजारमा विक्री वितरण सुरु हुने छ ।

हुन्डाई मोटरको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले प्रिमियम ह्याचव्याक कार नयाँ जेनेरेशन आई २० इलाइट नेपाली बजारमा उतार्ने तयारी गरिरहेको छ । संभवत कम्पनीले आफ्नो प्रिमियम ह्याचव्याक कार आई २० इलाइट फेब्रुअरी अन्तिम साता वा मार्चको पहिलो सातासम्म ल्याउनेछ ।

टाटा नेक्सन फेसलिफ्ट

टाटाले आफ्नो सर्वाधिक सफल सब कम्प्याक्ट एसयूभी नेक्सनमा सनरुफ पनि दिएको छ । यस्तोमा नेपाल आउने भेरियन्टमा सनरुफ हुन्छ वा हुँदैन अहिल्यै भन्न सक्ने अवस्था छैन । कम्पनीको नेक्सन एक्सजेड प्लस (एस) र एक्सजेडए प्लस (एस)मा सनरुफको विशेषता दिइएको छ ।

नेक्सन एक्सजेड प्लस (एस) र एक्सजेडए प्लस (एस) मा सनरुफको अलावा अन्य फिचरपनि थप गरिएको छ । यसमा अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, लेदरले ढाकिएको स्टेरिङ ह्वील र गियर नव, टायर प्रेसर मोनिटरिङ सिस्टम, क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।

नेपाल आउन लागेको नयाँ नेक्सनमा १.२ लिटर रिभोर्टन टर्बो पेट्रोल इन्जिन उपलब्ध रहने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइएको छ ।

निसान म्याग्नाइट

निसान म्याग्नाइट विभिन्न ४ भेरियन्टमा भारतीय बजारमा उपलब्ध रहेको छ । म्याग्नाइट एक्स, एक्सएल, एक्सभी र एक्सभी प्रिमियम भेरियन्ट मध्ये नेपाल कति भेरियन्टमा आउँछ त्यसको विषयमा पायोनियर मोटो कर्पले केहि जानकारी दिएको छैन ।

म्याग्नाइटमा १.० लिटरको नेचुरल्ली यस्पायर्ड तथा १.० लिटरको टर्बो चाज्र्ड इन्जिन रहेको छ । जसले क्रमश ७१ बीएच पावर तथा ९८ एनएम टर्क तथा ९९ बीएच पावर तथा १६० एनएम टर्क उत्पादन गर्नेछ ।

संभवत नेपाली बजारमा निसान म्याग्नाइटको सुरुवाती मूल्य ३० लाखभन्दा कम रहने छ । कम मूल्यकै कारण निसानको सब फोर मिटर एसयूभी अहिले चर्चामा रहेको छ ।

हुन्डाई आई २० इलाइट

हुन्डाई मोटर्स इन्डियाले उत्पादन गरेको ग्लोवल मोडल आई २० भारतमा धेरै ग्राहकको रोजाइमा पर्न सफल भएको छ । कम्पनीले सुरुवाती ४० दिनमा ३० हजारभन्दा बढी बुकिङ लिएको प्रिमियम ह्याचव्याकलाई विभिन्न तीन इन्जिन अप्सनमा बजारमा ल्याएको छ । यसमा १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर कापा पेट्रोल र १.५ लिटर डिजेल इन्जिन रहेको छ । संभवत नेपाल पेट्रोल इन्जिनमा मात्रै आउने छ ।

यसमा कम्पनीले डियुल टोन अलोय ह्वील, ठूलो आकारको हेग्जागोनल ग्रिल, नयाँ हेडल्याम्प, फग ल्याम्प र एलइडी टेलल्याम्प दिइएको छ । आई २० को ड्यास बोर्ड पहिला भन्दा निकै प्रिमियम रहेको छ ।


Back_to_top