घरमै गाडी सफा गर्दा गर्नै नहुने ३ काम

काठमाडौं । हाम्रा सडकको अवस्था हामीले भोगेकै छौं । कतै धुलो कतै हिलो हाम्रो दैनिकी नै हो । यस्तोमा आफ्नो कारमा यात्रा गर्ने मानिसको लागि पनि सबैभन्दा टाउको दुखाईको विषय कसरी गाडी सफा राख्ने भन्ने हुन्छ ।

त्यसमा पनि चालक नराखी आफैँ गाडी चलाउने मानिसको लागि गाडी सफा गर्ने ठाँउ प्रायः आफ्नै घर हुन्छ । यदि पानीको उपलब्धता छ भने सबैले घरमा गाडी सफा गर्न रुचाउँछन् । तर, यसरी घरमा गाडी सफा गर्दा केही विशेष कुामा ध्यान पुर्याउनु पर्छ ।

त्यसैले घरमा गाडी सफा गर्दा विशेष ध्यान दिनु पर्ने विषयलाई हामीले यहाँ उल्लेख गरेका छौं ।

सार्प नोजलको प्रयोग

गाडी सफा गर्न प्रायः जसो सार्प नोजलको प्रयोग गर्ने गरेको पाइन्छ । अहिले बजारमा कम मूल्यमा पनि सार्प नोजल पाउन सकिन्छ । यस्तोमा फुल पावरमा सार्प नोजलको प्रयोग अगाडिको सिसामा गर्नु नै खतरानाक हुन सक्छ । यस्तोमा पानीको फोर्स घटाएर गाडी धुनु पर्छ । यदि अगाडिको सिसामा अगाडि नै स्क्र्याच छ भने यसको पावरले गाडीको सिसा फुटाउन पनि सक्छ ।

सेम्पुकाे प्रयोग

घरमा कपाल धुन प्रयोग गर्ने सेम्पुको प्रयोग कारमा गर्नु हुँदैन । कारमा यस्तो सेम्पु प्रयोग गर्दा यसले गाडीको कलरमा हानी पुग्न सक्छ । मानिसले प्रयोग गर्ने सेम्पुमा विभिन्न केमिकल प्रयोग गरिएको हुन्छ । यसले तपाईको कारको कलरमा नोक्सानी पुर्याउने छ ।

इन्टेरियर सफा गर्दा पानीको प्रयोग नगर्ने

कारको कुनै पनि इन्टेरियर पार्टसको सफाईमा पानी प्रयोग गर्नु हुँदैन । यदि कारको सफाइमा पानीको प्रयोग गर्दा तपाईको लागि रुपैयाँ नोक्सानी हुन सक्छ । कारको इन्टेरियरमा पानीको प्रयोगले वारिङमा समस्या आउन सक्छ । अर्को फ्लोरमा रहेको कार्पेट पनि सड्ने खतरा रहन्छ । त्यसैले गाडीको इन्टेरियर सफा गर्दा पानीको प्रयोग गर्नु हुँदैन ।


Back_to_top