तीन महिना भित्र १२ नयाँ मोडलका कार नेपाल आउने (सूचीसहित)

काठमाडौं । कोभिड १९ को अवस्था ठिक रहने हो भने आगामी तीन महिना भित्र १२ नयाँ मोडलका कार नेपाली बजारमा प्रबेश गर्ने छन् ।
विषेशत हुन्डाई, महिन्द्रा, रेनो, स्कोडा, फक्सवागन र मारुती सुजुकीले नयाँ मोडल नेपाल ल्याउने भएका हुन् । हुन्डाईले टुसान, प्लासाइड र नयाँ जेनेरेशन आई २० बजारमा ल्याउने छ ।

हुन्डाईले बजारमा ल्याउने नयाँ जेनेरेशन आई २० कम मूल्यको प्रिमियम ह्याचव्याक हुने छ भने प्लासाइड सबैभन्दा महंगो मोडल हुनेछ ।
महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थार नेपाली बजारमा ल्याउने छ । कम्पनीले ल्याउने थारमा पहिलो पटक पेट्रोल इन्जिन पनि समावेस भएको छ ।

सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा भारतमा चर्चा कमाएको रेनो काइगर पनि चाँडै नेपाल आउने मोडल हो । यसको बुकिङ बैशाख अन्तिमबाट खोल्ने तयारी भइरहेको थियो । तर, निषेधाज्ञा सुरु भएकाले धकेलिएको हो । संभवत नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा काइगर नेपाल आउने छ ।

फक्सवागन टाइगुन र स्कोडा कुशक पनि कोभिडको अवस्था ठिक रहे अबको तीन महिनामा नेपाल आउने दुई एसयूभी हुन् । यी गाडीले बजारमा किया सेल्टोस र हुन्डाई क्रेटासँग सिधा प्रतिस्पर्धा गर्ने छन् ।

मारुती सुजुकीले निषेधाज्ञा सकिएपछि स्वीफ्ट फेसलिफ्ट बजारमा ल्याउने छ । यसका अलावा अबको तीन महिना भित्र दुई नयाँ ब्राण्ड नेपाली बजारमा प्रबेश गर्ने छन् ।

ग्रेटवाल मोटर्सको उत्पादन पीकअप र हाभलका दुई एसयूभी पनि नेपाल आउने छन् । हाभल जोलीयन र एच सिक्स एसयूभी हुन् भने ग्रेटवाल पोयर पीकअप हो ।

त्यसैगरि सिट्रोन ब्राण्डबाट पहिलो एसयूभी सी ५ एयरक्रस आउने पक्का भइसकेको छ । यसका अलावा अन्य मोडल पनि नेपाल आउन सक्ने देखिएको छ । तर, यसको विषयमा कम्पनीले आधिकारीक जानकारी भने दिएका छैनन् ।


Back_to_top