सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण गर्न टेण्डर आह्वान

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान भएको छ । मंसिर १ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ दिने निर्णयपछि सडक विभागले यसको निर्माण टेण्डर खोलेको हो ।

सडक विभागले आज आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै यसको ग्लोबल टेण्डर आह्वान गरेको हो ।

स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेशन (एसडिसी)ले गरेको अध्ययनको प्रतिवेदन अनुसार टेन्डर आह्वान भएको सडक विभागले जनाएको छ ।

एक किलोमिटर १२६ मिटर लामो सुरुङ निर्माण हुने छ भने सुरुङमार्ग सुरु हुनुभन्दा अगाडि र पछाडि ३ हजार ५ सय मिटर जालीको प्रयोग हुने छ । सुरुङमार्ग ५ वर्षभित्र बनाउनु पर्ने विभागले टेण्डरमा खुलाएको छ ।


Back_to_top