१२५ सीसी सेग्मेन्टका उत्कृष्ट ६ स्कुटर, तपाइको रोजाइमा कुन

काठमाडौं । नेपालमा दुईपाँग्रे सवारी साधन विक्री वितरण गर्ने सबै जसो कम्पनीसँग १२५ सीसी स्कुटर उपलब्ध रहेको छ । बजाजले भने हालसम्म स्कुटर ल्याएको छैन् । बजाजले भारतमा समेत स्कुटर सार्वजनिक गरेको छैन् ।

बजाजले इलेक्ट्रीक स्कुटरको भने विक्री सुरु गरेको छ ।

नेपाली बजारमा १२५ सीसी सेग्मेन्टमा उत्कृष्ट स्कुटर उपलब्ध रहेका छन् । टीभीएस, यामाहा, हिरो, होन्डा, सुजुकी, अप्रिलिया जस्ता कम्पनीले १२५ सीसी स्कुटर विक्री वितरण गर्दै आएका छन् ।

यी सबै कम्पनीले विक्री गर्ने १२५ सीसी स्कुटर प्रिमियम सेग्मेन्टमा विक्री हुने स्कुटरहरु रहेको छन् । विभिन्न कम्पनीले विक्री गर्ने स्कुटरहरु यस प्रकार रहेको छन् ।

१. टीभीएस एनटर्क १२५

टीभीएस एनटर्कमा १२४.७ सीसी सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर पावर तथा स्मार्ट कनेक्ट फिचरका कारण नेपालमा सर्वाधिक लोकप्रिय १२५ सीसी स्कुटर बन्न सफल भएको छ । यो स्कुटरको विभिन्न ५ भेरियन्ट उपलब्ध रहेको छ भने टप भेरियन्टको २ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ ।

२. होन्डा ग्राजिया

त्यस्तै होन्डा ग्रजिया १२५ मा १२५ सीसी सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८.५२ बीएच पावर र १०.५४ एनएम टर्क जेनेरेट गर्छ ।

होन्डा ग्राजिया दुई भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले यसको स्टायडर्ड भेरियन्ट र डिलक्स भेरियन्ट विक्री गर्दै आएको छ । यी दुवै भेरियन्टको मूल्य क्रमशः २ लाख २२ हजार ९०० र २ लाख ४२ हजार ९०० रुपैयाँ रहेको छ ।

३. यामाहा रेजेड आर १२५

रेजेड आरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ६५०० आरपीएममा ८.२ पीएस पावर तथा ५००० आरपीएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटर ०९६० को स्पीड मात्र ७.५९ सेकेन्डमा भेट्छ । यो स्कुटरले हालैमात्र स्कुटर अफ दि इयरको उपाधि जित्न सफल भएको छ । रेजेड आर १२५ तीन भेरियन्टमा उपलब्ध रहेको छ भने स्ट्रीट र्यालीको मूल्य २ लाख ६१ हजार ९०० रुपैयाँ रहेको छ । यामाहाले फेसीनो १२५ पनि विक्री गरिरहेको छ ।

४.हिरो डेस्टिनी १२५

हिरो मोटरसाइकलको आधिकारिक वितरक एनजीएम हिरोले १२५ सीसी क्षमताको हिरो डेस्टिनी नेपाली बजारमा विक्री गरिरहेको छ । यसमा १२४.६ सीसी सिङ्गल एयरकुल्ड फोरस्ट्रोक इञ्जिन दिइएको छ । यसले अधिकतम् ८.७ बीएचपी पावरका साथै १०.२ न्यूटन टर्क उत्पादन गर्छ । यसको मूल्य २ लाख १५ हजार रुपैयाँ रुहेको छ । कम्पनीले हिरो डुएट १२५ समेत विक्री गर्दै आएको छ ।

५. सुुजुकी बर्गम्यान

यसमा १२४.३ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । सिंगल सिलिण्डरको साथमा राखिएको एयर कुल्ड इन्जिनले ६५०० आरपीएममा ८.५ बीएचपी पावर तथा ५००० आरपीएममा १०.२ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरको मूल्य २ लाख ४१ हजार ९०० रुपैयाँ रहेको छ ।

६. अप्रिलिया स्ट्रोम १२५

अप्रिलियाले नेपाली बजारमा स्ट्रोम १२५ विक्री गर्दै आएको छ । अप्रिलिया स्ट्रोम-१२५ मा १२४.४९ सीसीको सिंगल सिलिन्डर थ्री भल्भ एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार २५० आरपीएममा ९.५१ बीएचपी र ६ हजार २५० आरपीएममा ९.८ एनएम टर्क उत्पादन गर्छ । यो स्कुटरको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top