काठमाडौं । बजाज अटोले एकैसाथ पल्सर सेग्मेन्टका ४ मोटरसाइकल अपडेट गरेर सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा पल्सर १२५, पल्सर १५०, पल्सर एन १६० र पल्सर २२० एफको अपडेटेड भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले पल्सर एन १६० मा ब्लुटूथ कनेक्टिभिटीका साथै, ग्राफिक्स परिर्वतन तथा अपसाइड डाउन फर्कका साथ बजारमा ल्याएको छ ।
त्यस्तै, कम्पनीले पल्सर १२५, पल्सर १५० र पल्सर २२० एफमा भने ग्राफिक परिर्वतन गर्नुका साथै ब्लुटूथ कनेन्ट फिचर थप गरेर सार्वजनिक गरेको हो ।
बजाजले पल्सर १२५ को कार्वन फाइबर भर्सनमा ब्लुटूथ कनेक्टिभिटी फिचर थप गरेको हो भने पल्सर १५० को सिंगल डिस्क भर्सनलाई अपग्रेड गरेको हो ।
त्यसैगरी, कम्पनीले पल्सर २२० एफको स्ट्याण्डर्ड भर्सनमा ब्लुटूथ कनेक्टिभिटी फिचर थप गरेको हो ।
कम्पनीले अपडेटसहितको पल्सर १२५ को मूल्य ९२ हजार ८८३ भारु, पल्सर १५० को १ लाख १३ हजार ६९६ भारु र २२० एफको मूल्य १ लाख ४१ हजार २४ भारु निर्धारण गरेको छ ।