संसारका विभिन्न अटोमोबाइल्स कम्पनीले गाडीमा उत्कृष्ट सुरक्षा तथा सुविधा दिने उद्देश्यसहित विभिन्न सफ्टवेयर र इलेक्ट्रोनिक डिभाइसको प्रयोग गर्ने गर्छन् । यस्ता गाडीले परीक्षणको समयमा उत्कृष्ट पफर्मेन्स दिए तापनि पछि बिभिन्न समस्या आउने गर्छ । फलतः ग्राहकले निकै अपेक्षा राखेर खरिद गरेका गाडीलाई कम्पनीले फिर्ता लिनुपर्ने अवस्था आउँछ ।
सवारीविज्ञकाअनुसार कम्पनीले लागतलाई कम गर्नका लागि एकै प्रकारको इलेक्ट्रोनिक र सफ्टवेयर पाट्र्सलाई विभिन्न मोडलमा प्रयोग गर्ने गर्छन् । फलस्वरुप गाडीलाई रिकलनै गर्नुपर्ने अवस्था आउँछ । यसरी भारतीय बजारमा ग्राहकबाट गाडी फिर्ता लिने कम्पनीको सूचीमा होन्डा पहिलो नम्बरमा परेको छ ।
होन्डाले गतवर्ष ३० हजार ५ सय ३१ गाडी रिकल गरेको थियो भने यो वर्ष १ लाख ६२ हजार ८ सय ६९ गाडी फिर्ता बोलाएको छ । कम्पनीको उक्त संख्यामा दुईपाङ्ग्रे र चारपाङ्ग्रे मोडल समावेश छन् । आईसीआरएका कर्पाेरेट रेटिङ्ग भ्वाइस प्रेसिडेन्ट समर दिवानले आधुनिक गाडीमा समावेश सबै इलेक्ट्रोनिक डिभाइस रियल लाइफमा नचल्ने बताउँछन् ।
दिवानले भने, ‘कम्पनीले लागत कम गर्ने उद्देश्यले एउटा प्लाटफर्म विभिन्न मोडल निर्माण गर्छन् । जसमा एकै प्रकारका अटो पाट्र्स लगाइएको हुन्छ । तीनमा खराबी आउने अधिकतम् सम्भावना हुन्छ । फलस्वरुप गाडी रिकल गरिन्छ ।’
होन्डा कम्पनी स्मूथ र पावरफूल इन्जिनका लागि परिचित छ । कम्पनीले गत जनवरीमा २२ हजार ८ सय ३४ युनिट मोडल फिर्ता लिएको थियो । ती मोडलको एकर्ड, सिटी र एयरब्यागमा समस्या आएको थियो । त्यस्तै, जुलाईमा कम्प्याक्ट सेडान अमेजको ईपीएस प्रणालीमा समस्या आएपछि ७ हजार २ सय ९० युनिट मोडल फिर्ता लिइएको थियो । यस्तै, मर्सिडिज इन्डियाले स्टेयरिङ्ग कोलम र एयरब्यागमा समस्या आएपछि २२ हजार ५ सय ७९ युनिट मोडल फिर्ता लियो । जर्मनीको लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूले समेत १६ हजार ३ सय ५० युनिट रिकल गर्यो ।
फक्सवागेन ग्रुपले अडी–एफोर, क्यू–फाइभलगायतका मोडलको एसिमा समस्या आएपछि १६ हजार १ सय १३ युनिट रिकल गर्यो । जापानी कम्पनी मारुतीले समेत यो वर्ष २ हजार ७ सय ९९ युनिट कार रिकल गरेको छ । जसमध्ये सियाजको फेसलिफ्ट भर्सन ८८० युनिट, सुजुकी स्वीफ्ट ५६६ युनिट, डिजायर ७ सय १३ युनिट रिकल भएको छ ।
साथै, ६४० युनिट सुपर–क्याम्प्री कारसमेत फिर्ता लिइएको छ । रिकल पोलिसीको संकलित विवरणअनुसार यो २.८ मिलियन भेहिकल रिकल गरिएको छ । यो आँकडा सन् २०१५ मा १० लाख ४ सय ६७ र २०१६ मा ८ लाख ४२ हजार ९ सय ९ युनिट रहेको थियो ।
यद्यपीः यसरी गाडी फिर्ता लिनुलाई संसारभर कम्पनीको रेपुटेशनसँग जोडेर हेर्ने गरिएको छ । राम्रा सबल र सक्षम कम्पनीले मात्रै साना तीना समस्या आउँदासमेत आफ्नो गाडी फिर्ता बोलाउने गरेका छन् ।

