भिनफास्टले भीएफ ७ र भीएफ ९ एसयूभी देखाउने

काठमाडौं । भिनफास्टले शुक्रबारदेखि सुरू हुने भारत मोबिलिटी शोमा दुई एसयूभी देखाउने भएको छ । भियतनामी मल्टिनेशनल अटोमोटिभ कम्पनी भिनफास्टले उक्त शोमा भीएफ सेभेन र भीएफ नाइन एसयूभी देखाउने भएको हो ।

भिनफास्टले भारतको मोबिलिटी शोमा मिडसाइज र बिग साइजको दुई इलेक्ट्रीक एसयूभी देखाउने छ ।

यसै वर्षको अन्त्यसम्ममा भारतमा बिक्री सुरू हुने अनुमान गरिएको भिनफास्टले यो मोबिलिटी शोबाट बजारको प्रतिक्रिया लिनेछ ।

भीएफ-७ कम्प्याक्ट इलेक्ट्रीक एसयूभी

भिनफास्टको स्पोर्टी एसयूभी भीएफ७ को लम्बाइ ४५४५ एमएम, चौडाइ १८९० एमएम, उचाइ १६३५ एमएम रहेको छ । यो ईभीको ह्वीलबेस २८४० एमएम रहेको छ । यो ईभीमा सिग्नेचर फुलविथ एलईडी डीआरएल, ट्रापेजोडियल हेडलाइट हाउजिङ तथा कर्भ बोनेट रहेको छ ।

भीएफ ७ को साइडमा ग्लोसी ब्ल्याक फेन्डर, थिक बडी क्लाइडिङ, फ्लस डोर हेण्डल तथा २० इन्चको अलोय ह्वील रहेको छ । यसको रियरमा प्रोमिनेन्ट रुफ माउण्टेड स्पोइलर, सार्कफिन एन्टेना, लेयर्ड टेलगेट डिजाइन रहेको छ ।

यसको रियरमा अंग्रेजी अक्षर भी सेपको कनेक्टेड टेललाइट दिएको छ । इन्टरनेशनल मार्केटमा भीएफ-७ को इको र प्लस गरी दुई भेरियन्ट रहेको छ । दुवै भेरियन्टमा समान ७३.३ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ भने मोटर भने १५० र २५० किलोवाटको अप्सनल दिएको छ । इको भेरियन्ट फ्रन्टह्वील ड्राइभ फम्याटमा रहेको छ भने प्लसमा अलह्वील ड्राइभ फिचर रहेको छ ।

भीएफ-९ ७ सिटर प्रिमियम एसयूभी

भिनफास्टले प्रदर्शनीमा राख्ने अर्को एसयूभी ७ सिटे प्रिमियम इलेक्ट्रीक एसयूभी भीएफ-९ हो । यसको लम्बाइ ५ मिटरभन्दा धेरै रहेको छ । स्पोर्टी एक्टेरियर डिजाइनका कारण यसको रोड प्रेजेन्स पावरफुल रहेको छ । यसको फ्रन्टमा ठूलो साइजको क्लोअफ ग्रील, आकर्षक डिजाइनको बोनेट, एलईडी कनेक्टेड डीआरएल, एलईडी हेडल्याम्प रहेको छ ।

भीएफ ९ को साइडमा कर्भी एरोडायनामिक्स डिजाइन, स्पोर्टी अलोय ह्वील, फ्लस डोर ह्याण्डल दिएको छ । यसको क्याबिनमा प्रिमियम मेटेरियलको प्रयोग गरेको छ । सेन्टर ड्यासबोर्डमा १५.६ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, किलेस इन्ट्री, एयर क्वालिटी कन्ट्रोल, हिटेड स्टेरिङ ह्वील, प्यानारोमिक स्काई रुफ लगायत फिचर रहेको छ ।

यो एसयूभीमा १२३ किलोवाट आवरको ठूलो साइजको ब्याट्रीप्याक दिएको छ । ३०० किलोवाटको ड्युल मोटर सेटअप रहेको भीएफ-९ एक अलह्वील ड्राइभ एसयूभी होे । यो एसयूभीमा पनि इको र प्लस गरी दुई भेरियन्ट रहेको छ ।

भारतको तामिलनाडुमा ४ हजार करोड भारतीय रुपैयाँ लगानी गरी उत्पादन प्लाण्ट बनाइरहेको भिनफास्ट छिटै नेपाल समेत आउने ब्राण्ड हो । कम्पनीले सन् २०२५ को अन्त्यसम्ममा भारतमा उत्पादन गर्ने लक्ष्य राखेको छ ।  केही समय अगाडि मात्रै नेपालको लागि भिनफास्टको आधिकारिक वितरक विशाल ग्रुप नियुक्त भएकोे थियो ।


Back_to_top