तीन दिनपछि ६ एड्भेन्चर मोटरसाइकल सार्वजनिक हुँदै

काठमाडौं । यही जनवरी १७ देखि भारतमा अटो एक्स्पो सुरू हुँदैछ । भारतीय बजारमा अधिकांश दुईपाँग्रे तथा चारपाँग्रे सवारी सधानले उक्त एक्स्पोमा सहभागीता जनाउँदै छन् ।

भारतमै उत्पादन गर्दै आएका कम्पनीहरूले विशेष रुपमा यो एक्स्पोमा नयाँ नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । यो वर्ष धेरै जसो कम्पनीले चारपाँग्रेमा इलेक्ट्रीक र दुइपाँग्रेमा एड्भेन्चर मोटरसाइकल ल्याउने तयारी गरिरहेको छन् ।

यसैक्रममा, हिरोले दुई मोडलका एड्भेन्चर मोटरसाइकल प्रदर्शन गर्दैछ भने बीएडब्लू, टीभीएस, यामाहा, रोयल इनफिल्ड लगायत कम्पनीले एड्भेन्चर मोडल सार्वजनिक गर्दैछन् ।

१. बीएमडब्लू आर १३०० जीएस

बीएमडब्लू मोटार्डले आर १३०० जीएस एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीको प्रिमियम एड्भेन्चर मोटरसाइकलको सबैभन्दा माथिल्लो सिरिज जीएसमा १३०० सीसी ट्वीन सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले १४५ पीएस पावर तथा १४९ एनएम टकए जेनेरेट गर्छ । यसमा एड्भान्स लेबलको एडास् फिचरसमेत उपलब्ध छ ।

२. यामाहा टेनेर ७००

जापानी मोटरसाइकल निर्माता कम्पनी यामाहाले टेनेर ७०० एड्भेन्चर मोटरसाइकल अटो एक्स्पो २०२५ मा सार्वजनिक गर्ने भएको छ । यो मोटरसाइकलमा ६९८ सीसी प्यारलल ट्वीन, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ७३ पीएस पावरका साथै ६८ एनएम टर्क जेनेरेट गर्छ ।

३. रोयल इनफिल्ड हिमालयन इलेक्ट्रीक

भारतीय मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले हिमालयनको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यो मोटरसाइकल कम्पनीले इटलीमा सम्पन्न इक्मा अटो शो २०२३ र हालै भारतमा सम्पन्न मोटोभर्स २०२४ मा प्रदर्शन गरेको थियो । यसको टेक्निकल विवरणहरू बाहिर आएको छैन् भने भारत अटो एक्स्पो २०२५ मा यो मोटरसाइकल हेर्न पाइने अनुमान गरिएको छ ।

४. एक्सपल्स ४२१

हिरोको एक्सपल्स ४२१ भारतमा बहुप्रतिक्षित मोटरसाइकल हो । कम्पनीले लामो समयदेखि एक्सपल्स ४२१ को परीक्षण गरिरहेको छ । कम्पनीले प्रिमियम सेग्मेन्टमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको अवस्थामा एक्सपल्स ४२१ सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

कम्पनीले यसको कन्सेप्ट मोडल इक्मा अटो शोमा देखाएको थियो । एक्सपल्स ४२१मा भएको इन्जिनले ४० हर्षपावर तथा ४० एनएम टर्क जेनरेट गर्नेछ ।

५. टीभीएस आरटीएक्स ३००

टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले केही समय अगाडिदेखि एड्भेन्चर मोटरसाइकलको परीक्षण सुरू गरेको छ । कम्पनीले हालै सम्पन्न मोटोसोल २०२४ मा ३०० सीसीको नयाँ इन्जिन प्रदर्शन गरेको थियो । यही इन्जिनमा कम्पनीले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल ल्याउने अनुमान गरिएको छ ।

६. एक्सपल्स २१०

हिरोको बहुप्रतिक्षित मोटरसाइकल हिरो एक्सपल्स २१० अटो एक्स्पो २०२५ सार्वजनिक हुने भएको छ । कम्पनीले एक्सपल्स २१० को सम्भवतः अटो एक्स्पोदेखि बुकिङ खुला गर्ने अनुमान गरिएको छ ।

यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध छ ।


Back_to_top