भारतमा फोर्डको प्लान्ट किन्ने तयारी गर्दै भिनफास्ट, कम मूल्यको ईभी बनाउने

VF3

काठमाडौं । भियतनामको इलेक्ट्रीक कार ब्राण्ड ‘भिनफास्ट’ भारत आउने पक्का भइसकेको छ । त्यसको लागि आवश्यक प्रक्रियामा रहेको कम्पनीले फोर्ड इन्डियाको प्लान्ट खरिद गर्न लागेको समाचारहरु बाहिर आएका छन् ।

फोर्डले भारतीय प्लान्ट बन्द गरिसकेको छ । सन् २०१७ भिनग्रुपले स्थापना गरेको भिनफास्ट इलेक्ट्रीक ब्राण्ड अमेरिका, इन्डोनेशिया र भारतमा आफ्नो उत्पादन प्लान्ट लगाउने तर्फ अग्रसरका भएको छ ।

कम्पनीले भारतमा VF8 मोडलको इलेक्ट्रीक एसयूभी भारतमा परिक्षण समेत सुरु गरिसकेको छ । कम्पनीसँग अहिले VF9VF8 जस्ता मोडल छन् भने VF6VF7 चाँडै आउने क्रममा रहेका छन् ।

कम्पनीले सन् २०२३ मा VF3 मोडल मिनी एसयूभीको रुपमा भियतनाममा सार्वजनिक गरेको थियो । सम्भवत कम्पनीले भारतमा उत्पादन गर्ने पहिलो मोडल नै भिएफ ३ हुन सक्ने छ ।

भिएफ ३ मिनी इभी

सन् २०२४ को अन्त्यसम्ममा भारतमा उत्पादन थाल्ने योजना बनाएको भिनफास्टले फोर्ड इन्डियाको प्लान्ट खरिद गर्न सकेको खण्डमा चाँडै भारतमा उत्पादन सुरु गर्न सक्ने छ ।

कम्पनीको VF3 मिनी एसयूभी निकै स्टाइलिस डिजाइनमा बनेको छ । यसको लम्बाई केबल ३११४ एमएम छ । दुई ढोका मात्रै भएको मिनी एसयूभीमा सिट भने ५ जनाको लागि प्रयाप्त रहेको छ ।

यसको बडी निकै कप्याक्ट छ, १६ इन्चको ह्वीलसहित अग्लो साइजमा आएको VF3 को ग्राउन्ड क्लियरेन्स झण्डै २०० एमएम छ । बक्सी डिजाइनमा आधारित मिनी एसयूभीको इलेक्ट्रीक मोटर पावर र ब्याट्री साइजको विषय भने अझै बाहिर आएको छैन ।

सन् २०२४ को तेस्रो क्वाटरबाट मात्रै बिक्री सुरु हुने अनुमान गरिएको VF3 इको र प्लस गरी दुईवटा भेरियन्टमा बजारमा आउने छ । VF3 ले सिंगल चार्जमा २०० किलोमिटर हाराहारी रेन्ज दिने बताइएको छ ।

आउला नेपाल ?

भिनफास्ट नेपाल ल्याउन अहिल्यै थुप्रै ब्यवसायीक घराना लागि परेका छन् । गतवर्षदेखि नै विभिन्न ब्यवसायीक घरानाले यसलाई नेपाल ल्याउन प्रयास गरेको भएपनि तत्काल राइट ह्याण्ड ड्राइभ बनाउने योजना नभएको भन्दै आधिकारीक बिक्रेता दिएको थिएन ।

अब भारतमा नै उत्पादन गर्ने योजना नै अगाडि बढाएको कम्पनीले चाँडै नेपालमा आधिकारीक बिक्रेता छनोट गर्न सक्ने देखिएको छ ।


Back_to_top