फक्सवागेन टाइगुनको एक वर्ष, आयो एनिभर्सरी एडिसन

काठमाडौं । जर्मन कार निर्माता कम्पनी फक्वागेनले आइएन २.० अन्तर्गत भारतमा उतपादन गरेको पहिलो कम्प्याक्ट एसयूभी टाइगुको एक वर्ष पुरा भएको छ । कम्पनीले टाइगुनको एक वर्ष पुरा भएको अवसरमा एनिभर्सरी एडिसन बजारमा उतारेको हो ।

विश्वकै ठूलो कार निर्माता मध्येको एक फक्सवागनले भारतमा टाइगुनलाई दुई इन्जिनसहित एक वर्षअघि बजारमा ल्याएको थियो । नेपालमा पनि फक्सवागेन टाइगुन आएको करिब १० महिना भएको छ ।

भारतमा टाइगुन १.५ र १.० लिटरको टीएसआई इन्जिनमा उपलब्ध रहेपनि नेपालमा १.० लिटर टर्बो इन्जिन मात्रै ल्याइएको छ । कम्पनीले अहिले एनिभर्सरी एडिसनमा ल्याएको टपलाइन भेरिन्यन्ट १.० लिटरमा मात्रै हो ।

कम्पनीले फस्ट एनिभर्सरी एडिसनमा राइजीङ ब्लू, कुरकुमा एल्लो र वाइल्ड चेरी रेड कलर मात्र दिएर ल्याएको छ । फक्सवागनले आफ्नो एनिभर्सरी एडिसनको इन्टेरियर र एक्सटेरियरमा फस्ट एनिभर्सरीको ब्याजिङ समेत दिएको छ । यो एडिसनमा टु स्ल्याट क्रोम ग्रिल, डिउल टोन रुफ, १७ इन्चको अलोय ह्वील तथा अगाडि र पछाडिको बम्परमा क्रोम फिनिसिङ दिइएको छ ।


Back_to_top