काठमाडौं । दुई दिनपछि सुरु हुने नाडा अटो शोमा एक्सपेङ ब्राण्डले बिक्री सुरु गर्दैछ । सीजी मोटर्सले नेपाल ल्याएको एक्सपेङ जी-६ प्रिमियम कुपे डिजाइन एसयूभी हो ।
प्रिमियम एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आएको एक्सपेङ जी-सिक्सले नाडा अटो शो २०२४ मा कतिको ध्यान खिच्न सफल हुन्छ भन्ने थाहा पाउन भने अझै दुई दिन कुर्नु पर्ने हुन्छ ।

चिनियाँ स्टार्टअप कम्पनीले उत्पादन गरेको जी-सिक्समा रियर ह्वील ड्राइभ मोटर उपलब्ध छ । यसमा दिइएको २१८ किलोवाट क्षमताको मोटरले उत्कृष्ट पर्फमेन्स दिन्छ ।
एक्सपेङ जी-सिक्समा ६६ किलोवाट अवारको लिथियम आयोन ब्याट्री छ । यसलाई सिंगल चार्जमा ४०० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपीको परीक्षणले देखाएको छ ।





