काठमाडौं । साउन महिनामा ३८४ यूनिट विद्युतीय चार पाङ्ग्रे आयात भएको थियो । उक्त आयातमा कारको संख्या ३२३ यूनिट थियो भने भ्यान (९ (सिटर) को संख्या ६१ यूनिट भएको देखिन्छ ।
साउनमा आयात भएको कारमा सबैभन्दा धेरै टाटा पन्च ईभी आयात भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोबाट बिक्री सुरु गर्न लागेको पन्च ईभी १०१ यूनिट आयात भएको भन्सार तथ्यांकमा देखिन्छ ।
त्यस्तै दोस्रो धेरै अयात दिपालको एसयूभी एस-०७ भएको छ । साउनमा ८८ यूनिट एस-०७ आयात भएको हो । साउनमा टाटा टिगोर (एक्सप्रेस टी) को आयात ५० यूनिट हुँदा नेटा भीको आयात ३२ यूनिट भएको छ ।

एमजीले भारतमा उत्पादन भएको कोमेट ईभी २७ यूनिट आयात गरेको छ भने चीनबाट ओमोडा ई-५ को आयात १५ यूनिट भएको देखिन्छ । यी ६ मोडल बाहेक अन्य कुनैपनि कार दोहोरो अंकमा आयात भएको छैन ।
साउन महिनामा बीवाइडी, किया, हुन्डाई, सेरेस, सिट्रोन लगायत ब्राण्डले कार आयात गरेका छैनन् । जिली होल्डीङको रेडारा पीकअपको आयात ३ यूनिट भएको साउन महिनामा नामीको ह्याचव्याक कार पनि ३ यूनिट नै आएको देखिन्छ ।
लिंकटुरको १, अउडी १ युनिट, केई थ्री एक्स प्रो १ र जेको जे-सिक्स १ यूनिट आयात भएका छन् ।

