नेपाल आयो महिन्द्राको एक्सयूभी–३००

काठमाडौं । महिन्द्राको पछिल्लो उत्पादन  ‘एक्सयूभी–३००’ नेपाली बजारमा प्रबेश गरेको छ । महिन्द्राले काठमाडौंको भृकुटीमन्डपमा आयोजना गरेको एकल अटो प्रदर्शनीमा उक्त नयाँ गाडी शोकस गरिएको हो । अहिल्य शोकेस गरिएको उक्त एसयूभीको मूल्य भने कम्पनीले तोकेको छैन । महिन्द्राका ३० भन्दा बढी उत्पादन प्रदर्शनी गरिएको उक्त मेलामा अबलोकनकर्ताले उक्त एसयूभीका बारेमा सम्पूर्ण जानकारी भने लिन सक्ने छन् । अबको केही दिनपछि मात्रै यसको मूल्य तोक्दै बिक्री वितरण सुरु गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ । 

महिन्द्राको नयाँ प्लाटफर्म ‘एक्स–१००’ अवधारणामा आधारित एक्सयूभी–३०० को डिजाइन एक्सयूभी–५०० फेसलिफ्टको जस्तै आक्रामक रहेको छ । 

यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । साथै, कम्पनीले गाडीको क्याबिन भने आफ्नो लेटेस्ट एमपीभी मराजोको जस्तै आकर्षक बनाएको जनाएको छ ।

यसमा सेग्मेन्ट फर्टसेफ्टी फिचर दिइएको छ । सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक विशेषताले एक्सयूभी–३०० सुसज्जित रहेको छ । 

नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । महिन्द्राको उक्त लाईफस्टाइल अटो शो फागुन १० गतेदेखि १२ गतेसम्म संचालन हुनेछ । 


Back_to_top