महिन्द्राका सवारीसाधन नेपालमा एसेम्बल गर्नुस्ः भवानी राणा

काठमाडौं । काठमाडौंको भृकुटीमन्डपमा ‘महिन्द्रा उदय’ अटो मेलाको सुभारम्भ भएको छ । आजबाट तीन दिनसम्म चल्ने उक्त मेलामा महिन्द्राले उत्पादन गरेर नेपाली बजारमा बिक्री वितरण गर्दै आएका सबै ३० भन्दा बढी प्रोडक्ट शोकेस गरिएका छन् ।  

उक्त लाइफस्टाइल अटो शोको उद्घान प्रमुख अतिथिको रुपमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरेकी हुन् । 

मेलाको उद्घान गर्दै महासंघका अध्यक्ष राणाले नेपालमा औद्योगिक वातावरण सुध्रदै गएकाले अब महिन्द्राका सवारीसाधन नेपालमा एसेम्बल गर्न सुझाव दिएकी थिइन् ।

‘नेपालमा स्थिर सरकार छ, लगानी गर्न सक्ने व्यवसायीक घरानाले महिन्द्राका उत्पादन बिक्री गर्दै आएका छन्, अब नेपालमा नै महिन्द्राको एसेम्बल गर्न सक्ने दिन आएको छ’ उद्घान सम्बोधनमा राणाले भनिन् । 

मेलाको उद्घाटनमा महिन्द्रा इन्डियाबाट भाइसप्रेसिडेन्ट हेडअफ इन्टरनेशनल अप्रेसन संजय जाधव विशेषअतिथिको रुपमा आएका थिए । 

महिन्द्राले मेलामा आफ्नो ६ वटा नयाँ गाडीहरु समेत सार्वजनिक गरेको छ । जसमा महिन्द्राको बहुप्रतिक्षीत एसयुभी एक्सयुभी ३००, नयाँ एमपीभी मराजो, महिन्द्राको नयाँ ट्रयाक्टर जीभो २४५ र यूभो ४१५ तथा महिन्द्राको हेवी कमर्शियल भेहिकलहरु फ्यूरीयो तथा ब्लेजो २५ ट्रक र नयाँ ग्रेडर जी ७५ सार्वजनिक भएको छ । 

महिन्द्राका लागि नेपालको आधिकारीक वितरक अग्नी इन्कर्पाेरेट, एमभी दुगड, श्वराज पार्टनर र महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले संयूक्तरुपमा यो लाइफस्टाइल एन्ड अटो शो आयोजना गरेका हुन् । 


Back_to_top