२५० किमि माइलेज दिने इलेक्ट्रीक कार ल्याउँदै टाटा

टाटा मोटर्सले ४५ एक्सको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले जेनेभा मोटर शोमा उक्त कार सार्वजनिक गर्ने भएको हाे ।  उक्त मोडल कम्तिमा फूलचार्जमा २२० किलोमिटरदेखि २ सय ५० किलोमिटरसम्म गुड्ने जनाइएकाे छ । 

टाटा मोटर्सका इलेक्ट्रीक मोभिलिटी तथा कर्पाेरेटका प्रेसिडेन्ट शैलेस चन्द्रले ४५ एक्स इलेक्ट्रीक भर्सनले उच्च पफर्मेन्स प्रदान गर्ने बताउँदै सोहीअनुसार उच्च मूल्य निर्धारण हुने जानकारी दिएका छन् ।

कम्पनीले जेनेभा मोटर शोमा योसँगै अन्य चारवटा नयाँ प्रोडक्ट प्रदर्शन गर्ने तयारी गरेको छ । केही समय अगाडिमात्रै अल न्यू टाटा ह्यारिएर सार्वजनिक गरेको कम्पनीले टाटा–४५ एक्स बजारमा ल्याउने तयारी गरेछ ।

पछिल्लो समय इलेक्ट्रीक भेहिकलको उत्पादनमा केन्द्रित भएको कम्पनीले २०१८ अटो एक्स्पोमा टियागो–ईभी र टिगोर–ईभी प्रदर्शन गरेको थियो । कम्पनीले इलेक्ट्रीक टिगोरको लागि भारत सरकारबाट अुनमति लिइसकेको जानकारी दिएको छ ।

टाटा–४५ एक्सको इलेक्ट्रीक भर्सनले टियागो–ईभी र टिगोर–ईभीलाई पछ्याउने कम्पनीको अपेक्षा छ । 


Back_to_top