यामाहाको स्कुटर किन्दा नविनाले पाइन् १ लाख नगद

काठमाडौं । यामाहा ‘ब्लू फेस्ट नयाँ वर्ष योजना २०८३’ अन्तर्गत स्कुटरको खरिद गर्दा नविना शर्माले १ लाख २ हजार रुपैयाँ नगद पुरस्कार जितेकी छिन् ।

उनी पोखरामा रेजेडआर स्कुटर किन्दा लक्की ड्रमार्फत भाग्यशाली विजेता बनेकी हुन् ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक कम्पनी एमएडब्लू राइडले ‘राइड द हाई टेक’ थिमसहित नयाँ वर्ष लक्षित ‘यामाहा ब्लू कोड’ नामक विशेष अफर योजना ल्याएको हो ।

अफर अन्तर्गत ग्राहकहरूले क्यूआर स्क्यान गरी रजिस्ट्रेसन गरेपछि विभिन्न किसिमका अफरमा सहभागी हुन सक्नेछन् । यो योजनामा एक्साइटमेन्ट, पर्फमेन्स र स्टाइल गरी तीन मुख्य क्याटेगोरीमा पुरस्कार व्यवस्था गरिएको छ ।

एक्साइटमेन्ट अफरअन्तर्गत ग्राहकहरूले घरबाटै सहभागितामा जनाएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

त्यस्तै, पर्फमेन्स अफर अन्तर्गत यामाहाका नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राकहले ५ लाख रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । स्टाइल क्याटेगोरीमार्फत हाईटेक ग्याजेटहरू जित्ने मौका पाइने छ ।

साथै, यसमा स्पट एक्सचेन्ज, सजिलो फाइनान्स सुविधा, ३६ महिनासम्मको लोन अवधि र ५ वर्षसम्मको फ्री सर्भिस जस्ता थप सुविधाहरू पनि पाइने छ ।

यो अफर देशभर रहेका यामाहाको आधिकारिक शोरुमहरूसँगै हाल जारी एक्सचेन्ज क्याम्पहरूबाट लिन सकिने छ ।


Back_to_top