यामाहाको पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक, यस्ता छन् हाइटेक फिचर्स

काठमाडौं । यामाहा मोटर इन्डियाले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले बजारमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर एरोक्स ई र ईसी ०६ सार्वजनिक हो ।

बजारमा बढ्दो मागलाई मध्येनजर गर्दै यामाहाले आफूलाई इलेक्ट्रीक स्कुटर सेग्मेन्टमा डेब्यू गराएको हो ।

कम्पनीले नयाँ इलेक्ट्रीक स्कुटरको मूल्य भने सार्वजनिक गरेको छैन् ।जस कारण तत्कालै यसको बिक्री सुरू नहुने अनुमान गर्न सकिन्छ ।

एरोक्स ई स्कुटर एक हाई पर्फमेन्स म्याक्सी डिजाइनको स्कुटर हो । जुन यामाहाको एरोक्स १५५ को इलेक्ट्रीक भर्सनका रूपमा प्रस्तुत गरिएको छ।

यो भारतको पहिलो म्याक्सी स्पोट्र्स इलेक्ट्रीक स्कुटर हो । यसले यामाहाको रेसिङ प्रेरित डिजाइनलाई अत्याधुनिक इलेक्ट्रीक टेक्नोलोजीको कम्बिनेसन देखाउने कम्पनीको भनाइ छ ।

यस स्कुटरमा ९.४ किलोवाटको पावर र ४८ एनएमको टर्क जेनेरेट गर्ने इलेक्ट्रीक मोटर छ । एरोक्स ईमा डबल डिटेचेबल ३ किलोवाट आवरको (कुल ६ किलोवाट आवर) को ब्याट्रीप्याक रहेको छ ।

यामाहाले यस स्कुटरमा इको, स्ट्याण्डर्ड र पावर गरी तीन राइडमोड र रिभर्स मोड पनि दिएको छ। यसमा बुस्ट फङ्सन पनि छ, जसले छिटो एक्सिलिरेट बढाउन काम गर्छ।

ईसी ६ मा भने ४ किलोवाट आवरको ब्याट्रीप्याक छ । यसको आइडीसी रेन्ज १६० किलोमिटर रहेको छ भने यसमा ४.५ किलोवाटको मिड माउन्टेड मोटर छ । यामाहाको  ई स्कुटरले एकपटकको फुलचार्जमा १०६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यामाहा एरोक्स ईमा पेट्रोल एरोक्स १५५ मा देखिएको जस्तै शानदार, एथ्लेटिक र स्पोर्टी डिजाइन छ । यसमा ट्विन एलईडी क्लास डी हेडलाइट, एलईडी फ्ल्यासर र थ्रीडी इफेक्ट एलईडी टेललाइट छ ।

यसमा ५ इन्चको टीएफटी कलर स्क्रीन, टर्न बाइ टर्न नेभिगेसन, यामाहा वाई कनेक्ट एपसहितको स्मार्टफोन कनेक्टिभिटी सिस्टम, राइड बाइ वायर प्रिसिजन सिस्टम, ट्रयाक्सन कन्ट्रोल, एड्भान्स मोटर कन्ट्रोलर, सिंगल च्यानल एबीएस सहितको अगाडि र पछाडि डिस्क ब्रेक, डिटेचेबल डुअल ब्याट्री सेटअप, स्मार्ट की प्रणाली, चार्जिङ पोर्ट, साधनको डाटा रेकर्ड, पार्किङ स्थान, सर्भिस रिमाइन्डर लगायत फिचरहरू छन् ।


Back_to_top