टाटा सियरा अब ईभीमा आउँदै, प्रोडक्सन भर्सन तयार

काठमाडौं । दुई सातापछि (नोभेम्बर २५) लन्च हुन लागेको टाटाको नयाँ एसयूभी सियराको इलेक्ट्रीक भेरियन्ट समेत चाँडै आउने भएको छ ।

टाटा मोटर्सले बुधबार सियरा ईभीको प्रोडक्सन भर्सनकाे टिजर सार्वजनिक गरेको हो ।

इलेक्ट्रीक स्टाइल र फिचरले भरिएको सियरा ईभीमा २०२३ को कन्सेप्टमा जस्तै फ्रन्टमा अपराइट डिजाइन र र्यापअराउण्ड रियर ग्लास देखिएको छ । सियरा ईभीको फ्रन्टमा क्लोजअफ ग्रिल, स्मुद फ्ल्याट बम्पर, लाइटबार र लोअर भेन्ट एरिया देखिएको छ ।

सियरा ईभीको बेसिक सेप र लाइटिङ एलिमेन्ट आइसको जस्तै रहे पनि फ्रन्टइन्ड डिजाइनमा भने केही फरक रहेको छ । सियरा ईभीमा फरक डिजाइनको अलोयह्वील देखिएको छ । यसमा पनि कनेक्टेड लाइटबार र र्याप अराउण्ड रियर ग्लास देखिएको ईभीको लुक्स मिनिमल रहेको छ ।

टाटाले सियरा ईभीको स्पेशिफिकेसन सार्वजनिक गरेको छैन । यो नयाँ ईभीमा कर्भमा जस्तै ५५ किलोवाट र ह्यारियर ईभीमा जस्तै ६५ किलोवाट आवरको दुई फरक ब्याट्रीप्याक अप्सन रहने छ ।

टाटाको सियरा ईभीले भारतीय बजामरा मिडसाइज सेग्मेन्टका हुन्डाई क्रेटा ईभी, महिन्द्रा बीई ६, एमजीको जेडएस र आउँदै गरेको मारुती सुजुकी ई भिटारासँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top