दैनिक १ हजारमै नामी भिगो फुल एसयूभी

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा हटकेक बनिरहेको नामी भिगो इलेक्टीक एसयूभी अब दैनिक १ हजार रुपैयाँ हाराहारी किस्ता तिर्नेगरी चढ्न सकिने भएको छ ।

नेपालका लागि नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले भिगोको मूल्य एकैपटक ८ लाख रुपैयाँ घटाएसँगै किस्ता रकम पनि सस्तिएको हो ।

कम्पनीले नाडा अटो शो अवधिसम्म लागू हुने गरी भिगो ई २ भेरियन्टको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यद्यपि, नाडा अटो शोपछि भिगोको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ । यसअघि भिगो ई २ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार हाल विद्युतीय कार किन्न ६० प्रतिशतसम्म ऋण पाइन्छ भने सुरूमा ४० प्रतिशत डाउनपेमेन्ट बुझाउनुपर्छ ।

सो अनुसार ग्राहकले ३५ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने भिगो किन्न सुरूमा ४० प्रतिशत अर्थात् १४ लाख ३९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । बाँकी २१ लाख ५९ हजार ४०० रुपैयाँ बैंकबाट ७ वर्षका लागि कर्जा पाउने छन् ।

हाल बैंक तथा वित्तीय संस्थाको ब्याजदर इतिहासकै सस्तो छ । ग्राहकले ५.२५/५.५० प्रतिशत ब्याजदरमै सजिलै गाडी किन्न कर्जा पाउने अवस्था छ । केही बैंकले ५ प्रतिशत ब्याजदरको स्कीम नै ल्याएका छन् । यस्तोमा ५.५ प्रतिशत ब्याजदर र ७ वर्षको कर्जा अवधिको आधारमा हिसाब गर्दा भिगोको मासिक ३१ हजार ३० रुपैयाँ पर्छ । उक्त मासिक किस्तालाई दैनिक रूपमा हिसाब गर्दा १ हजार ३४ रुपैयाँ पर्न जान्छ ।

यसअघि ४४ लाख मूल्य हुँदा भिगो किन्दा मासिक किस्ता करिब  ३८ हजार रुपैयाँ हाराहारी पर्थ्यो । मूल्य घटेसँगै मासिक किस्ता पनि ७ हजार घट्ने भएको हो ।

यस्तो छ नामी भियो

२०८२ भदौमा नेपाल आएको भिगो छोटो समयमै लोकप्रिय बनेको छ । १ वर्षको अवधिमै ७०० युनिट बढी बिक्री भइसकेको छ । आकर्षक डिजाइन, आधुनिक फिचर, व्यवहारिक र किफायती मूल्यकै कारण भिगो रोजाइमा परेको हो ।

कम्पनीले अहिले भिगो मुनरुफ हटाएर र १ इन्च होचो अर्थात् १७ इन्चको अलोय ह्वीलमा ल्याएको छ । यी बाहेक अरू सबै फिचर सबै पहिलाकै छन् । क्रसओभर एसयूभीभन्दा फरक देखिने नामी भिगो ‘रुबिक्स क्युब’ डिजाइन अवधारणामा आधारित छ ।

यसको अगाडिको भागमा आधुनिक हेडलाइट डिजाइन, एलईडी डीआरएल, छेउमा सेमी रिसेस्ड डोर ह्याण्डल र पछाडि विशेष किसिमको ट्रयाङ्गुलर टेललाइट दिइएको छ ।

यसको लम्बाइ ४३०६ एमएम, चौडाइ १८६८ एमएम र चौडाइ १६५४ एमएम छ । यसमा २७१५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

नामी भिगोमा ५१.८७ किलोवाट आवरको ब्याट्री अप्सनमा उपलब्ध छ । यसले एकपटकको फुलचार्जमा ४३० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसले ३ सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्छ । १६७ किलोवाटको डीसी फास्ट चार्जरबाट यसको ब्याट्री केबल १८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

यसमा ९९ किलोवाटको इलेक्ट्रीक मोटर छ । जसले १६० न्युटन मिटर टर्क प्रदान गर्छ । १९० एमएमको ग्राउण्ड क्लियरेन्स भएकाले यो एसयूभी जस्तोसुकै कच्ची सडकमा पनि सहजै चलाउन सकिन्छ ।

यसमा भ्वाइस कन्ट्रोलबाटै कार र मोबाइललाई कमाण्ड दिन सकिन्छ । प्रिमियम अनुभव दिने यसको क्याबिनमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्फरमेशन डिस्प्ले र ३६० डिग्री क्यामेरा पाउन सकिन्छ ।

कम्पनीले यसमा ५० वाटको वायरलेस चार्जर, वान टच रियर सिट फोल्ड र अगाडिका दुई सिट बेडकै रूपमा तयार गर्न मिल्नेगरी दिएको छ । नामी भिगोमा सेग्मेन्ट फस्ट फिचरको रूपमा वेलकम र मेमोरी सिट, म्युजिकसँग कनेक्ट गरिएको एम्बियन्ट लाइट, हेभन एण्ड अर्थ टेलगेट, थ्रीसी फास्ट चार्जिङ रहेको छ ।

यसमा वायरलेस चार्जिङ, वाइफाइ कनेक्टिभिटी, चालकको सिट हिटेड र भेन्टिलेटेड छ । कम्पनीले यसको विभिन्न ३५ स्थानमा स्टोरेज दिएको छ ।

तीन ड्राइभिङ मोड इको, स्टायडर्ड र स्पोर्ट दिइएको एसयूभीमा स्टेरिङ मोड पनि तीन वटा नै छ । क्लाम, स्टायण्डर्ड र कम्फर्ट मोड मध्ये कुनै एक छनोट गर्न सकिन्छ ।

यसमा ६ एयरब्याग, एडास लेभल टु, र त्यस भित्र आउने प्याकेज फिचर, ३६० डिग्री क्यामेरा, हटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचर छन् ।


Back_to_top