बाढीले ४० किमी सडक र १९ पुलमा क्षति

काठमाडौं । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बढीले सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

सडक विभागको प्रारम्भिक विवरण अनुसार बाढीले नदी कोरिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा ४० किलोमिटर सकड र कम्तीमा १९ वटा पुलहरू क्षतिग्रस्त भएका हुन् ।

क्षतिको एकीन विवरण आइसेको छैन । बाढीले गल्छी-मैलुङ-रसुवागढीसहित अन्य सडकको कयौं किलोमिटर सकड बगाएको छ भने केही ठाउँमा भत्काएको छ ।

त्यस्तै, भोटेकोशी र त्रिशूली नदी माथिका दर्जन बढी पुल बगाएको छ भने केहीमा क्षति पुर्याएको विभागले जनाएको छ ।

बाढीले सडक र पुलमा क्षति पुर्याउँदा त्यस क्षेत्रमा सवारी आवगमन पूर्ण रुपमा ठप्प छ ।

क्षतिग्रस्त सडक र पुल भएका स्थानहरूमा पहिरो पन्छाउन र सडक खुलाउनका विभागले ठूला तथा हेभी मेसिनरी उपकरणहरू तीव्र रूपमा परिचालन गरेको छ।

प्रभावित क्षेत्रका विभिन्न संवेदनशील स्थानहरूमा प्राविधिक टोलीसहित आवश्यक मेसिनहरू तैनाथ गरी काम सुरु गरिएको विभागले जनाएको छ ।


Back_to_top