बुढीगण्डकीले बगाएको आरुघाट पुलमा बेलीब्रिज राख्न मिल्ने सम्भावना

काठमाडौं । गोरखा र धादिङ जोड्ने आरुघाट पुलमा बेलीब्रिज राखेर आवागमन संचालन गर्न सकिने सम्भावना देखिएको छ ।

आइतबार बिहान बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको पुलमा बेलिब्रिज राख्न मिल्ने सम्भावना देखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको हो ।

८० मिटर लामो आरुघाट पुलमा ६० मिटर लामो ट्रस र २५ मिटर लामो आरसीसी संरचना रहेको थियो । सोमध्ये २२ मिटर आरसीसी भाग बाढीले बगाएको छ । पुलको ट्रस संरचना बाँकी रहेकाले बेलिब्रिज जडानको सम्भावना देखिएको हो ।

उक्त पुलको अवस्थाबारे विस्तृत प्राविधिक मूल्यांकन भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बाढीले गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीखोला पुल पूर्ण रूपमा बगाएको छ । उक्त स्थानमा भने तत्कालै नयाँ पुल राख्न सक्ने सम्भावना छैन्।


Back_to_top