काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-५, गलौंदी क्षेत्रमा आज रातिदेखि ११ बजेदेखि सवारी संचालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार एक सूचना जारी गर्दै सडक मर्मतका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै सवारी संचालनमा रोक लगाउने जानकारी गराएको हो ।
प्रशासनका अनुसार यसअघि भासिएको सडकलाई सामान्य मर्मत सम्भार गरी दुईतर्फी संचालनमा ल्याइएको भए पनि थप मर्मत गर्नुपर्ने भएकाले रातिमा ६ घण्टा सवारी आवगमनमा रोक लगाइएको हो ।


