नेपालमा भारतीय ब्राण्ड जेलियोका इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । नेपाली बजारमा भारतीय अटोमोबाइल ब्राण्ड जेलियोका इलेक्ट्रीक स्कुटर सार्वजनिक भएको छ ।

नेपालका लागि जेलियोको आधिकारिक बिक्रेता गो ग्रीन बिजनेस एण्ड सोलुसन प्रालिले जेलियोका चार मोडलका इलेक्ट्रीक स्कुटर बिक्री सुरू गरेको हो ।

नेपालको विद्युतीय सवारी बजारमा जेलियो ईभी स्कुटरले आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक, किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको छ।

जेलियोले ग्राहकको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न मोडलका इलेक्ट्रीक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

जेलियो ईभी स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रीक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू उपलब्ध मोडल अनुसार समावेश गरिएका छन्।

जेलियो स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनीले विशेष सुविधा पनि उपलब्ध गराएको छ । कम्पनीले ग्राहकलाई आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेन्ज, टेस्ट राइड, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार स्पेयर पाट्र्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ ।

जेलियोले ग्राहकलाई बिक्री मात्र नभई बिक्रीपछिको सेवा, स्पेयर पाट्र्सको उपलब्धता र प्राविधिक सहयोग मार्फत दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।

कम्पनीले आगामी दिनमा देशका प्रमुख शहर तथा बजारमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने योजना अघि सारेको छ ।


Back_to_top