थपिए २३ वटा नयाँ अन्तर प्रदेश रुट (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले थप २३ वटा नयाँ सडकमा अन्तर प्रदेश रुट अनुमति जारी गरेको छ । विभागको असोज २६ गते बैठकले २३ वटा नयाँ अन्तरप्रदेशीय रुट थप्ने निर्णय गरेको हो ।

विभागले थपिएका रुटहरू नियम बमोजिम कार्यान्वयन गर्नका लागि सवारी परीक्षण केन्द्र हरूलाई निर्देशन दिएको छ ।

विभागका अनुसार काठमाडौंसहित देशका विभिन्न सहरबाट अर्को प्रदेश तथा जिल्लाहरू जोड्ने लामो तथा छोटो दूरीका रुटहरू थपिएका छन् । विभागले केही रुटमा दिवा र केही रुटमा दिवा तथा रात्रि दुवै समय सवारी संचालन गर्न पाउने गरी नयाँ रुट जारी गरेको हो ।

नयाँ रुट थपिएसँगै देशका विभिन्न स्थानमा सार्वजनिक यातायात तथा पारवहन सेवालाई अझ सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि विभागले २८० वटा अन्तर प्रदेश रुटमा सवारी चलाउन अनुमति दिएकाे थियो । नयाँ थपिएसँगै अन्तर प्रदेश रुट ३०३ वटा पुगेका छन् ।

विभागले थप गरेका नयाँ रुटहरुमा विभागले  काठमाडौं नयाँबसपार्क-सातदोबाटो-टिकाभैरव-ठिंगन-हेटौंडा हुँदै वीरगंजसम्म (१६१ किमी), हेटौंडा-हटिया-हरिहरपुरगढी-मरिण-सिन्धुली-भिमान-कटारी-गाईघाट-चतरा-कान्छीचौक हुँदै इटहरीसम्म (३२९ किमी) विराटनगर-बरगाछी-लौक्ही-हेटौंडा-नारायणघाट-मुग्लिन हुँदै काठमाडौंसम्म (५५२ किमी), राजविराज-पत्थरगाडा-बोदेबर्साइन-बिसनपुर चौक-हेटौंडा-नारायणघाट-मुग्लिन हुँदै काठमाडौंसम्म (४७६ किमी) रहेको छ ।

त्यसैगरी, खोक्सी-बरियारपट्टी-सिरहा-चोहर्वा-हेटौंडा-नारायणघाट-मुग्लिन हुँदै काठमाडौंसम्म (४५७ किमी), काठमाडौं-नारायणघाट-बर्दिवास-रौजा-मडई हुँदै जलेश्वरसम्म (४१७ किमी), काठमाडौं-नारायणघाट-जनकपुर-जलेश्वर-बखरी-एकडारा-हुँदै मनरासम्म (४०२ किमी), काठमाडौं-नारायणघाट-जनकपुर-जलेश्वर हुँदै भिठ्ठामोडसम्म (३९६ किमी), काठमाडौं-नारायणघाट-जनकपुर-तिनकोरिया-सरावे-माचीझिट्कैया हुँदै खजुरीसम्म (४१८ किमी) लगायत रहेका छन् ।


Back_to_top