४७ लाखमा आयो स्काइवेल बीई ११ एसयूभी

काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड स्काइवेलको बीई ११ एसयूभी नेपालमा सार्वजनिक भएको छ ।

नेपालका लागि स्काइवेलको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले बीई ११ ईभी दुई भेरियन्ट बिक्री सुरू गरेको हो ।

कम्पनीले नाडा अफरमा ४१० लक्जरी भेरियन्टको मूल्य रुपैयाँ ४६ लाख ९९ हजार रुपैयाँ र ५२० लक्जरी भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

यसको ५२० किमी रेन्ज दिने भेरियन्टमा ७१.९८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्री प्याक छ भने ४१० किमी रेन्ज दिने भेरियन्टमा ५१.९१ किलोवाटको एलएफपी ब्याट्री छ ।

यो ईभी डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३५ मिनेटमै ७० प्रतिशतसम्म चार्ज हुने कम्पनीले जनाएको छ । यी दूबै भेरियन्टमा १५० किलोवाट क्षमताको मोटर छ । यसमा ८०० हाइभोल्टेज आर्किटेक्चर रहेको छ । जसले फास्ट चार्जिङलाई सपोर्ट गर्छ ।

स्काइवेल बी ई ११ मा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेडेट सिट, प्रशस्त स्पेश र आधुनिक बडी डिजाइनले यो ईभीलाई लक्जरी बनाएको छ । साथै, यो ईभीमा १९८ एमएमको भव्य ग्राउण्ड क्लियरेन्स छ । उत्कृष्ट ग्राउण्ड क्लियरेन्सका कारण यो ईभी नेपालको जस्तोसुकै बाटोमा पनि सहजै हिड्न सक्ने दाबी कम्पनीको छ ।

यसमा सुरक्षाका लागि ६ वटा एयर ब्याग, ईएसपी, एबीएस, ईबीडी, एचएसी, अटो होल्ड लगायत फिचर छन् ।


Back_to_top