नाडामा आइकार भी २३ किन्दा ३ लाख सस्तोमा पाइने

काठमाडौं । नाडा अटो शो २०२६ मा आइकार भी २३ एसयूभी खरिद गर्नेले ३ लाख रुपैयाँ छुट पाउने भएका छन् । नेपालका लागि आइकारको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले नाडाको अवसरमा उक्त छुट दिएको हो ।

कम्पनीका अनुसार नाडामा आइकार भी २३ खरिद गर्नेले ५० लाख ९९ हजार रुपैयाँमै पाउने छ । यसअघि आइकार भी २३ एसयूभी ५३ लाख ९९ हजार रुपैयाँमै बिक्री हुँदै आएको थियो ।

साथै, नाडामा आइकार भी २३ किन्नले निःशुल्क ७ किलोवाटको चार्जर, १ वर्षको निःशुल्क बीमा र ११ वर्षको एक्स्टेन्ड वारेन्टी पाउने कम्पनीले जनाएको छ ।

आइकार भी २३ पछिल्लो समय नेपाली बजारमा हटकेक मोडल हो । गत भदौमा मात्रै नेपाल आएको यो एसयूभी आकर्षक र पृथक डिजाइन, प्रिमियम फिचर र आकर्षक मूल्यका कारण ग्राहकको रोजाइमा पर्न सफल भएको हो । उच्च मागकै कारण पछिल्ला महिनाहरूका सर्वाधिक आयात हुने कारको सूचीको अग्रस्थानमा रहँदै आएको छ ।

आइकार भी २३ मा १०० किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । जसले एकपटकको फुलचार्जमा ४०० किलोमिटर बढ रेन्ज दिन्छ ।

यसको लम्बाइ ४२२० एमएम, चौडाइ १९१५ एमएम र उचाइ १८४५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । गाडीमा २०० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको डिपार्चर एङ्गल ४० र अप्रोच एङ्गल ४२ डिग्री रहेको छ ।

अगाडिका दुवै सिट इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने कारमा ७ वटा स्पीकर पाउन सकिन्छ । जसले गाडीको साउण्ड सिस्टमलाई उत्कृष्ट बनाउने छ । चेरीले आइकार भी २३ मा स्क्वायर सेपमा एयरभेन्ट दिएको छ । ड्यासबोर्डको बीचमा १५.४ इन्चको स्क्रीन र २.५ के सेन्ट्रल कन्ट्रोल स्क्रीन यसमा पाउन सकिन्छ ।

एडास फिचर उपलब्ध कारमा होराइजन रोबटिक जे-३ चीप प्रयोग भएको छ । कम्पनीले यसको अगाडि ८ मेगापिक्सल र ३ मेगापिक्सलको सराउन्ड भ्यू क्यामेरा दिइएको छ । फाइभ मिलिमिटर वेभ राडार, १२ अल्ट्रासोनिक राडार, हाइ स्पीड नेभिगेसन, इमर्जेन्सी लेन किपिङ, ट्राफिक जाम एसिस्ट, अटोमेटीक पार्किङ, रिमोट पार्किङ र मेमोरी पार्किङ जस्ता फिचर छन् ।

स्क्वायर बक्स सेपमा तयार भएको हाडकोर अफरोड एसयूभीको अगाडि स्मोक्ड फ्रन्ट ग्रिल, राउण्ड हेडल्याम्प, रुफ लगेज र्याक, हिडन डोर ह्याण्डल दिइएको छ ।


Back_to_top