काठमाडौं । यामाहा बाइक तथा स्कुटरको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यूले यामाहा एक्स्चेन्ज अफरको मिति थप गरेको छ । कम्पनीले कार्वुरेटर छाडौ एफआई चढौँ नारासहितको एक्स्चेन्स योजना लम्ब्याएर माघ ३० गतेसम्म पुर्याएको हो ।
यो योजनामा कुनैपनि कम्पनीका पुराना मोटरसाइकलसँग यामाहाका एफआई मोटरसाइकल तथा स्कुटर एक्स्चेन्ज गर्न सकिने छ । पुराना मोटरसाइकलमा बजार मूल्यभन्दा १५ हजार थप मूल्याङक गर्नेसमेत कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले नगदमा मोटरसाइकल खरिद गर्न चाहानेले ७ हजार छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै यामाहाले बीएस ६ स्कुटर किन्न चाहाने ग्राहकले ५० हजार रुपैयाँ मात्र डाउन पेमेन्ट गरेर स्कुटर घर लग्न सक्नेछन् । नेपालभर रहेको यामाहाको आधिकारिक शोरुममा एक्स्चेन्ज अफर उपलब्ध हुनेछ ।

