काठमाडौं । १५० सीसी सेग्मेन्ट अन्तर्गत नेपाली बजारमा सर्वाधिक रुचाइएको यामाहा एफजेड सिरिजको मोटरसाइकल आकर्षक बनोट, उच्च पर्फमेन्स र फिचरका कारण चर्चामा छ । अहिले, मासिक १६०० युनिटको हाराहारीमा बिक्री भइरहेको यो मोटरसाइकलले कम्पनीको कुल व्यापारको ४४ प्रतिशत हिस्सा ओगटेको छ ।
औषतमा दैनिक ५३ यूनिट बिक्री भइरहेको यो मोटरसाइकल युवा पुस्तामाझ लोकप्रिय र विश्वसनिय मोडलको रुपमा लिइन्छ । यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले नेपाली बजारमा बिक्री गर्दै आएको १७ बाइकमध्ये सबैभन्दा बढि बिक्ने मोडल नै यहि हो ।
नयाँमा मात्र नभई सेकेन्ड ह्यान्ड मार्केटमा समेत यो मोटरसाइकललाई बढि खोजिन्छ । एफजेड, एफजेड एस, एफजेड भी २ हुँदै अहिले एफजेड भी ३ नेपाली बजारमा बिक्री वितरण हुँदै आएको छ । यी सबै मोडल नेपाली बजारमा सफल मोटरसाइकलको रुपमा स्थापित भएको छ । यस्ता छन् सफलताका राज ।
एबीएस र एफआई इन्जिन
एफजेड भी ३, १५० सीसी सेग्मेन्ट अन्तर्गत नेपाली बजारमा एबीएसको फिचर सहित बिक्री भइरहेको मोटरसाइकल हो । पछिल्लो समय उत्पादन भइरहेका अधिकांश बाइकमा चालकको सुरक्षालाई मध्यजर गरेर एबीएसको विशेषता दिन थालिएको छ । कम्पनीका अनुसार, एबीएस फिचर भएकै कारण बाइकप्रतिको आकर्षण अझ बढेको छ ।
फ्युल इन्जेक्टेड प्रणालीको एयरकुल्ड फोर स्ट्रोक एसओएचसी इन्जिन मोटरसाइकलको सफलताको अर्को राज हो । पाँच स्पीड गियरबक्स भएको यो इन्जिनले ८ हजार आरपीएममा १३.२ बीएच पावर र ६ हजार आरपीएममा १२.८ एनएम टर्क उत्पादनको क्षमता राख्छ । पावर फुल इन्जिन र उच्च पर्फेमेन्स यस बाइकको सवल पक्ष हो ।
माइलेज तथा टपस्पीड क्षमता
प्रतिघन्टा ११२ किलोमिटरको रफ्तारमा गुड्न सक्ने यो मोटरसाइकलले प्रतिलिटर ५० किलोमिटर माइलेज प्रदान प्रदान गर्ने कम्पनीको दावी रहेको छ । उच्च माइलेज बाइकको सकरात्मक विशेषता हो । १३२ किलोग्राम तौल भएको यो बाइक नेपाली बजारमा म्याट ब्ल्याक, डार्क म्याट ब्ल्यु, ग्रे एन्ड र साइन ब्ल्यु गरि तीन कलर अप्शनमा उपलब्ध छ ।

डायमेन्सन
११९० एमएम लम्बाई, ७८० एमएम चौडाई तथा १०८० एमएम उचाई भएको मोटरसायकलमा ७९० एमएम उचाईको आरामदायी सिट राखिएको छ । अफरोड यात्रालाई सहज बनाउन १६५ एमएमको ग्राउन्ड क्लियरेन्सको विशेषता दिइएको छ भने, १३३० एमएमको ह्वीलवेश लगाइएको छ । यसमा १२.८ लिटर इन्धन क्षमताको ट्यांकी जडान गरिएको छ ।
ब्रेक, टायर तथा सस्पेन्सन
फ्रन्ट साइडमा २८२ एमएम र रियरमा २२० एमएमको डिस्क ब्रेक लगाइएको छ । १७ इन्चको अलोय ह्वील भएको यो बाइकको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोक्रश स्विंगआर्मको विशेषता दिइएको छ ।
प्रतिस्पर्धी मोडल
यसले नेपाली बजारमा बजार पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६० फोर भीसँग प्रतिस्पर्धा गर्दै आएको छ ।
विशेषता
यसको फ्रन्ट साइडमा नयाँ एलइडी ल्याम्प, परिमार्जित इन्स्ट्रुमेन्ट क्लस्टर, फ्युल गज, ओडोमिटर, डिजिटल स्पीडोमिटर, टेकोमिटर, ट्रिप मिटरको विशेषता दिइएको छ । इलेक्ट्रीक स्र्टाट, पिलन फुटरेष्ट, पास लाइटको सुविधा भएको यस बाइकमा एलइडी हेडलाइटको विशेषता दिइएको छ ।
मूल्य
नेपाली बजारमा सन् २००९ बाटै एफ जेड सिरिजका मोटरसाइकलको बिक्री भइरहेको छ । हाल, बजारमा यो सिरिजका पाँच मोटरसाइकल उपलब्ध छन । जसमध्ये एफजेड एफआइ भी ३.० को मूल्य ३ लाख १५ हजार रुपैयाँ रहेको छ ।

