यामाहा एमटी–१५ तीन दिनपछि भारतमा सार्वजनिक हुँदै, सेग्मेन्टमै सर्वाधिक फिचर

यामाहाको बहुप्रतिक्षित बाइक एमटी–१५ मार्च १५ मा भारतीय बजारमा सार्वजनिक हुँदैछ । सार्वजनिक हुने मिति नजिकिएसँगै कम्पनीले डिलरमा बाइक पुर्याएको छ भने, बुकिङ लिनसमेत सुरु गरेको छ ।

यामाहाको नयाँ एमटी–१५ लाई यामाहा आर–१५ भी ३ को नेकेड भर्सनको रुपमा लिइएको छ । नयाँ बाइकको इन्जिन, ब्रेक, सस्पेन्सनलगायत आर–१५ भी ३ बाट लिइएको छ । 

भारतमा एमटी–१५ खरिद गर्न चाहाने ग्राहकले ५ हजार बुकिङ रकम बुजाएर यामाहाका आधिकारीक डिलरबाट बुकिङ गर्न सक्ने कम्पनीले बताएको छ ।

यसअघि बिभिन्न समयमा भारतीय सडकमा टेस्टिङको क्रममा उक्त बाइक देखिएको थियो । 

भारतीय बजारमा  सार्वजनिक हुने एमटी–१५ मा टेलिस्कोप र्फक प्रयोग गरिएको छ जसले भारतीय बजारमा यसको मूल्यलाई प्रतिस्पर्धात्मक बनाउने कम्पनीले दाबी गरेको छ । 

यसअघि यो बाइक भारतीय बजारमासमेत अप साइड डाउन र्फकमा आउने चर्चा थियो । यसका अलावा अन्य फिचरहरु अन्तर्राष्ट्रिय भर्सन कै रहने कम्पनीले जानकारी दिएको छ ।

यो बाइकको १५५ सीसी लिक्वीड कुल्ड सिगंल सिलिन्डर इन्जिनले १८.७ बिएचपी तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा आर–१५ भी  ३ कै भिभिए टेक्नोलोजि प्रयोग गरिएको छ । 

सिक्स स्पीडको गियर बक्स, स्लिपर कल्च, डबल च्यानल एबिएस, फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट लस्ता फिचर रहेको यो बाइक यामाहा आर–१५ भी ३ भन्दा केहि कम हुने अनुमान रहेको छ । यो बाइक सार्वजनिक भएसँगै सेग्मेन्टमै सर्वाधिक फिचर लोडेड बाइकको रुपमा यो प्रस्तुत हुने अनुमान छ । 


Back_to_top