फ्रेन्चको अटो उत्पादक कम्पनी प्यूजो समूहमा आबद्ध सिट्रोन कम्पनीको आँखामा भारतीय बजार परेको छ । सुन्दर कार उत्पादकको उपमा पाएको कम्पनीले सन् २०२१ बाट भारतीय बजारमा आफ्नो कारहरु उत्पादन सुरु गर्ने योजना बनाएको हो ।
पीएसए ग्रुुपले युरोपीयन मुलुकसँगै उत्तर अमेरिकामा समेत आफ्नो व्यवसायीक पहुँच बढाउँदै लगको छ । हाल, सिट्रोनले भारतीय बजारलार्इं एक्सपर्ट हब नै बनाएर आफ्नो व्यापारीक पहुँच बढाउने योजना बनाएको हो ।
पीएसएले सिके बिरला ग्रुपसँग सहकार्य गर्दै भारतीय बजारमा प्रबेश गर्ने योजना तयार पारेको हो । कम्पनीले २०१८को अन्त्यमा इन्जिन तथा ट्रान्समिसनको प्लान्टबारे छलफल गरेको थियो । ब्रान्डका सिइओ लिन्डा ज्याकसनले भारतलाई एक्सपर्ट हबको रुपमा बिस्तार गर्ने बताउँदै भारतमा स्थापित प्लान्टबाट बार्षिक तीन लाख मोडल उत्पादन गर्ने बताएकी छन् ।
भारतलाई चीन र दक्षिण अमेरिकासँग व्यापार गर्नको लागि हब रुपमा बिस्तार गर्ने उनले बताइन् । साथै, उनले भारतमा बिकास गरिने मोडलमा अन्तर्राष्ट्रिय मार्केटमा प्रयोग भैरहेको स्टार्टेजी एक हिस्सा हुने दाबी गरिन् । गाडी उत्पादनको क्रममा सिट्रोनले भारतमै ९० प्रतिशत पार्टस अत्पादन गर्ने लक्ष्य लिएको छ ।

