बलियो नेटवर्कले जमेको यामाहालाई ‘प्रोडक्ट’को साथ

काठमाडौं । यामाहा नेपालमा मोटरसाइकल विक्री गर्ने प्रमुख मध्यको एक ब्राण्ड हो । कुनैपनि ब्राण्डले सफलता पाउन उसले विक्री गर्ने सामानको गुणस्तर, डिजाइनसँगै नेटवर्कको पनि निकै ठूलो भूमिका हुन्छ ।

जापानी टेक्नोलोजीमा आधारित यामाहाका मोटरसाइकल र स्कुटहरु नेपाली युवाहरु बीचमा निकै लोकप्रिय रहेको छ भनौ, यामाहाले प्रोडक्टले पनि साथ दिएको छ । त्यसलाई लोकप्रिय बनाउन कम्पनीले खोलेका विक्री केन्द्र, सर्भिस सेन्टर, स्पेयर पार्टस्को उपलब्धताले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

यामाहाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेज्ले नेपालभर विभिन्न ९८ स्थानमा आफ्नो आधिकारिक नेटवर्क स्थापना गरेर व्यवसाय गर्दै आएको छ । कम्पनीले स्थापना गरेको हरेक नेटर्वटमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) सुबिधा उपलब्ध रहेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले जानकारी दिए ।

यामाहाले २०१० देखि नै नेपाली बजारमा एफआई टेक्नोलोजीमा आधारित मोटरसाइकल विक्री गर्दै आएको थियो । अहिले यामाहाले विक्री गर्ने सबैजसो मोटरसाइकल तथा स्कुटहरु एफआई इन्जिनमा छन् । यसलाई मध्यनजर गर्दै नेपालभर रहेको आफ्नो ९८ वटै नेटवर्कलाई एफआई स्टेशनको रुपमा विकास गरिएको कम्पनीले जनाएको छ ।

यसका अलावा यामाहाले १२६ वटा सर्भिस पोइन्ट संचालन गरिरहेको छ । कम्पनीले देशभर विभिन्न स्थानमा रहेको वर्कशपसँग सहकार्य गरेर उक्त वर्कशपलाई यामाहा सर्भिस पोइन्टको रुपमा विकास गरेको हो । यी १२६ स्थानमा भने एफआई स्टेशन उपलब्ध छैनन् । कम्पनीका अनुसार यी १२६ स्थानमा नै यामाहाका आधिकारीक पार्टस् भने उपलब्ध रहेका छन् ।

यामाहाले उपत्यका भित्र १७ स्थानमा र उपत्यका बाहिर ८१ स्थानमा ‘थ्री एस’ सेवा दिदैँ आएको छ । यामाहाका थ्रीएस सेवाहरु विकट स्थानमा समेत दिदै आएको छ ।

यामाहाका सीईओ राजु क्षेत्रीका अनुसार अन्य स्थान जहाँ यामाहाका नेटर्वकको अभाव रहेको छ, त्यस्तो स्थानको पहिचान गरेर थ्रीएस सेवा उपलब्ध गराउने योजनामा कम्पनी रहेको छ । कम्पनीले स्थापना गर्ने सबै थ्री एस नेटवर्कमा एफआई स्टेशन हुने उनले बताए । एफआई स्टेशनमा यामाहाका ग्राहकले निःशुल्क यामाहाका एफआई मोटरसाइकल तथा स्कुटरको परिक्षण गराउन सक्नेछन् ।


Back_to_top