काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना चर्चित ४ मोडलको मूल्य वृद्धि गरेको छ । कम्पनीले आर १५ भी थ्री, एमटी १५, एफजेडएस भी थ्री र फसिनो १२५ को मूल्यमा वृद्धि गरेको हो ।
यामाहाले आफ्नो सर्वाधिक बिक्री हुने मोटरसाइकल एफजेडएस भी थ्रीको मूल्य ४ हजार रुपैयाँले वृद्धि गरेको छ । कम्पनीले यसअघि ३ लाख १९ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको एफजेडएस भी थ्रीको नयाँ मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
त्यस्तै कम्पनीका सफल दुई मोडल आर १५ भी थ्री र एमटी १५ को मूल्यमा ५ हजारले वृद्धि गरिएको छ । कम्पनीले बिक्री गर्दै आएको यी दुई मोडल युवा वर्गले निकै मन पराएको मोडल हुन् । यसअघि आर १५ भी थ्रीको मूल्य ४ लाख ६४ हजार रुपैयाँ रहेकोमा नयाँ मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरि एक वर्षअघि नेपाल आएको एमटी १५ को मूल्य पहिलो पटक वृद्धि भएको छ । कम्पनीले ४ लाख २९ हजार ९०० रुपैयाँ मूल्य तोकेर सार्वजनिक गरिएको यो मोडलको नयाँ मूल्य ४ लाख ३४ हजार ९०० रुपैयाँ बनाइएको छ ।
लकडाउन खुकुलो भएसँगै बिक्री सुरु भएको फसिनो १२५ को मूल्य कम्पनीले २ लाख ४७ हजार ९०० रुपैयाँ राखेको थियो । सुरुवातमा बजारमा आउँदा केही कम मूल्य राखेर बिक्री सुरु गरेकाले अब यसको मूल्य परिमार्जन गरेर २ लाख ४९ हजार ९०० बनाइएको कम्पनी स्रोतको दाबी छ ।
यसका अलावा कम्पनीले एसजेड आरआर मोडलमा २ हजार मूल्य बढाएको छ ।
मूल्य वृद्धिपछि यसको मूल्य २ लाख ३७ हजार ९०० रुपैयाँ कायम गरिएको छ । सलुटोको मूल्यपनि २ हजार रुपैयाँले बढाएर २ लाख १३ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

