नेपाल आयो यामाहाको पहिलो रेट्रो मोटरसाइकल, तीन मोडलको परिक्षण हुँदै

काठमाडौं । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भारतमा उत्पादन भएको पहिलो रेट्रो मोटरसाइकल एफजेड–एक्स नेपाल ल्याएको छ । कम्पनीले ल्याएको एफजेड एक्सको अहिले उपत्यकाको विभिन्न स्थानमा परिक्षण भइरहेको कम्पनी स्रोतले जानकारी दियो ।

साथै, कम्पनीले अन्य दुई मोडल आर १५ भी ४ र आर १५ एम पनि नेपाली सडकमा परिक्षण गरिरहेको स्रोतको भनाई छ ।

कम्पनीले नेपालमा यसको ५ हजार किलोमिटर परिक्षण पश्चात् मात्रै विक्री सुरु गर्ने जनाएको छ । त्यसका लागि अझै २ महिना लाग्न सक्ने कम्पनी स्रोतको भनाई छ ।

अहिले उपत्यकामा परिक्षण भइरहेको यी मोटरसाइकललाई कम्पनीले नेपालको सबै प्रकारणको भुगोलमा परिक्षण गरेर नेपालको सडक सुहाउँदो भएमा मात्रै विक्री सुरु गर्ने जनाएको छ । यसअघि भारतमा उत्पादन भएका अधिकांश मोडल नेपाली बाटो अनुसारकै भएको कारण यी मोटरसाइकल पनि नेपालमा विक्री हुने अनुमान गर्न सकिन्छ ।

परिक्षणका लागि नेपाल आइपुगेको यामाहा एफजेड-एक्स, आर १५ भी ४ र आर १५ एम तीनै मोटरसाइलकमा भारतीय प्रदुषण मापदण्ड बीएस ६ इन्जिनमा छन् । यी मध्ये आर १५ भी ४ र आर १५ एम यसअघि विक्री हुँदै आएको आर १५ को अपडेटेड भर्सन हो भने एफजेड–एक्स नयाँ मोडल हो ।

यामाहा एफजेड-एक्स क्रुजर प्रेरित रेट्रो डिजाइनमा तयार भएको छ । आर १५ भी ४ र आर १५ एम स्पोर्ट डिजाइनको मोटरसाइकल हो ।
यी मोटरसाइकलको अन्य विषयमा भने एमएडब्ल्यूले थप कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top