भारतमै बन्ने भयो चिप्स, सरकारले दियो ५० हजार करोडको प्याकेज

काठमाडौं । भारत सरकारले सेमी कन्डक्टर (चीप्स) उत्पादन गर्ने कम्पनीहरुलाई विशेष प्याकेज दिने घोषणा गरेसँगै भारतमा चिप्स उत्पादन गर्ने कम्पनीहरु आकर्षित हुने अनुमान गरिएको छ ।

भारतीय मन्त्रीपरिषदले ५० हजार करोड रुपैयाँ बराबरको सुविधालाई अनुमती दिएसँगै भारतमा चिप्स, एलसीडी र लिथियम आयोन व्याट्री उत्पादनले तिब्रता पाउने सरकारले दाबी गरेको छ ।

सरकारले सन् २०२० मा यो सहयोगको घोषणा गर्ने तयारी गरेको भएपनि ढिलोगरी स्वीकृत गरेको हो । सरकारले घोषणा गरेको प्याकेजसँगै अबको ५ वर्ष भित्र ७६ हजार करोड भारतीय रुपैयाँ लगानी आउने अनुमान गरिएको सुचना एवं प्रशारण मन्त्री अनुराग ठाकुरले जानकारी दिएका छन् ।

दुरसंचार तथा आईटी मन्त्री अश्विनी वैष्णबका अनुसार सरकारले दिएको प्याकेजले माइक्रोचिप्सको डिजाइन, निर्माण, प्याकेजिङ र परिक्षणमा सहयोग मिल्ने र यसले चिप्स उत्पादनमा इको सिस्टम निर्माण गर्ने दावी गरेका छन् ।

अहिले विश्वभर देखिएको चिप्स सप्लाईको समस्याबाट भारतीय अटोमोवाइल क्षेत्रपनि पिडित रहेको समयमा सरकारले गरेको निर्णयबाट धेरै कम्पनीहरु उत्साहित भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


Back_to_top