यामाहा र टीभीएस नेपालले दिए ग्राहकलाई लकडाउनमा मोटरसाइकल सुरक्षीत राख्ने टिप्स

काठमाडौं । कोरोना (कोभिड १९) को कारण देश लकडाउनमा रहेको छ । विगत १७ दिनदेखि लकडाउनमा रहेको र अझै कति दिन लकडाउनमा बस्नु पर्ने हो एकिन भएको छैन । तर, मोटरसाइकल बिक्रेता कम्पनी मोरङ्ग अटो वर्कस र जगदम्बा मोटर्सले आफ्नो–आफ्नो फेसबुक पेजमार्फत मोटरसाइकलका ग्राहकलाई लकडाउनमा कसरी आफ्नो सवारीसाधन सुरक्षीत राख्ने भनेर टिप्स दिएका छन् ।

यामाहाले आफ्नो फेसबुक पेज यामाहा नेपालमा विभिन्न सूचना मूलक क्रिएटिभ पोष्ट गरेको छ । पोष्टमा मोटरसाइकललाई सुरक्षीत राखौं । आफुपनि सुरक्षीत रहुँ । तपाईको साधन आरामसँग बसेको छ । त्यसको हेरचाह गरौँ जस्ता फोष्टहरु गरेको छ ।

यामाहाले बनाएको क्रिएटीभमा व्याट्री, ल्यूव, टायरजस्ता पार्टसको हेरचाह गर्न र घर बाहिर मोटरसाइकल राख्नु परे कभर लगाएर राख्न अनुरोध गरिएको छ ।

त्यसैगरि टीभीएसले पनि आफ्नो फेसबुक पेजबाट मोटरसाइकल सुरक्षीत राख्न ग्राहकलाई आग्रह गरेको छ । कम्पनीले आफ्नो फेसबुक पेज टीभीएस नेपालमा यस्तो सुचना मूलक संदेश पोष्ट गरेको हो । कम्पनीले कसरी मोटरसाइकललाई फिट राख्ने भनेर सानो भिडियो समेत पोष्ट गरेको छ ।

टीभीएसले आफ्नो फेसबुक पेजमा केही दिनको अन्तरमा मोटरसाइकल स्टार्ट गर्ने मोविल चेक गर्ने, व्याट्री चेक गर्ने केही समय डबल स्ट्याण्डमा राखेर भएपनि चक्का घुमाउने जस्ता जानकारी आफ्ना ग्राहकलाई दिएका छन् ।

कुनै कम्पनीले यस्ता संदेश जारी नगरेका भएपनि केही दिनको अन्तरमा आफ्नो मोटरसाइकललाई सफा र सुरक्षीत राख्न कोशिष गर्नु पर्ने हुन्छ । अन्यथा लकडाउन सकिएपछि तपाईलाई आफ्नो नियमित गन्तब्यमा यसले पुर्याउन कठिन हुन्छ ।


Back_to_top