यात्री ‘पी-१’को नयाँ जेनेरेशन मोडल तयार, यस्तो छ बजारमा आउने मिति

काठमाडौं । नेपाली पुँजी, सीप र डिजाइनमा स्थापना भएको यात्री मोटरसाइकलले आफ्नो पहिलो कमर्शियल मोडल ‘पी-१’ को नयाँ जेनेरेशन मोडल तयार गरेको छ । कम्पनीले यात्री पी-१ को सेकेन्ड जेनेरेशन तयार पारेको हो ।

यात्री मोटरसाइकलमा सिप्रदी ट्रेडिङले लगानी गरेसँगै रिसर्च एण्ड डेभलपमेन्टसँगै संख्यात्मक रुपमा उत्पादनको काम तिब्र भएको छ । कम्पनी आफ्नो बजारमा रहेको पी–१ मोडलको नयाँ जेनेरेशनसँगै पहिलो स्कुटर पी-२ को उत्पादनमा पनि काम अगाडि बढाएको थियो । यात्री ब्राण्डमा पहिलो स्कुटर पनि यही वर्ष सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले यात्री पी-१ को नयाँ जेनेरेशन मोडल आगामी अटो शोमा सार्वजनिक गर्ने तयारी गरिरहेको कम्पनीका संस्थापक असिम पाण्डेले मेरोअटोलाई जानकारी दिए ।

‘हामीले बिभिन्न अपडेटहरू गरेर यात्री पी-१ मोडलको सेकेन्ड जेनेरेसन तयार पारेका छन् । आगामी अटो शोबाट यसको बिक्री सुरु गर्ने योजना बनाएका छौं’, ब्राण्डका इन्जिनियरिङ हेड समेत रहेका संस्थापक पाण्डेले भने ।

उनका अनुसार यात्री पी-१ चढिरहेका उपभोक्तासँग त्यसको ‘फिटब्याक’ लिएर नयाँ जेनेरेशन मोडलमा बिभिन्न टेक्निकल परिमार्जनहरु गरिएको छ ।

‘अहिले बजारमा ८० युनिट यात्री मोटरसाइकल बजारमा गुडिरहेका छन् । ग्राहकहरुसँग प्रतिक्रिया लिएर हामीले नयाँ जेनेरेशनमा धेरै परिर्वतन गरेका छौं । टेक्निकल परिमार्जसँगै नयाँ जेनेरेशन मोडलको डिजाइन पनि सामान्य परिर्वतन भएर आउने छ’, पाण्डेले भने ।

स्कुटरमा पनि तिब्र गतिमा काम हुँदै

सिप्रदीको प्रबेशसँगै ब्राण्डको पहिलो स्कुटरमा काम गरिरहेको यात्रीले यसको विभिन्न चरणका परीक्षणहरु पुरा गरिसकेको छ । यात्री डिजाइन स्टुडियोमा न यसको धेरै टेस्टहरु भएका थिए ।

अहिले यात्री यात्री स्कुटरको काम तिब्र गतिमा भइरहेको पाण्डे बताउँछन् । उनि भन्छन्, ‘सम्भव भएसम्म सन् २०२५ को अन्त्यबाटै बजारमा ल्याउँछन् । भएन भने पनि २०२६ को पहिलो क्वाटरसम्ममा यात्री पी-२ नामबाट इलेक्ट्रीक स्कुटर बजारमा आउने छ ।’

यात्री पी-२ इलेक्ट्रीक स्कुटर नेपालको सबै भुभागमा चलाउन मिल्नेगरी तयारी भइरहेको कम्पनीको भनाइ छ ।


Back_to_top