काठमाडौं । अटोमोबाइल क्षेत्र औद्योगिक विकासकै अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ । इतिहासमा फर्केर, हेर्दा अटोमोबाइल उद्योग सुरूवातसँगै औद्योगिकीकरणले तीव्रता पाएको देखिन्छ । औद्योगिक विकासक्रमसँगै वस्तु ओसारपसार र मानिस आवतजावतका लागि अटोमोबाइल अपरिहार्य बन्न पुग्यो ।
प्रारम्भिक चरणमा अटोमोबाइल इन्जिन स्टिम इन्जिनबाट सुरू भई, रेल तथा सवारी साधनकरू सञ्चालनमा आए, जसले यातायात क्षेत्रसँगै समृद्धिलाई पनि गति दियो । प्रविधिको विकासक्रममा कोइलाबाट विस्तारै पेट्रोल, डिजेल हुँदै ग्यास इन्जिनहरू प्रचलनमा आए । तर विकास र समृद्धिको बीचमा वातावरण विनाशको गम्भीर चुनौती देखा पर्यो, जसको दीर्घकालीन प्रभाव सभ्यतामै परेको छ । अबको चुनौती भनेको दिगो विकास सुनिश्चित गर्दै यातायात क्षेत्रमा वैकल्पिक इन्धनको खोज हो, जसको प्रभावकारी समाधान नवीकरणीय ऊर्जा हो ।
यसै सन्दर्भमा, वातावरणमैत्री विकल्पको खोजीले नयाँ बहस र सम्भावनाहरूको ढोका खोलेको छ। विशेषतः यातायात क्षेत्रमा नवीकरणीय ऊर्जा जस्तै सोलार, विन्ड, हाइड्रोलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा पछिल्लो १० वर्षदेखि विश्वभर वहस भइरहेको छ, जसमा नेपाल पनि जोडिएको छ।
यो वहसमा दुईवटा पाटाहरू केन्द्रित छ: एउटा, पेट्रोलबाट चल्ने हलुका सवारीसाधन (छोटो दुरीमा चल्ने) र अर्को डिजेलबाट चल्ने भारी सवारीसाधन (लामो दुरीमा चल्ने) ।
लामो दुरीमा चल्ने जति पनि डिजेल गाडी छन्, त्यसको व्यवस्थापनको रुपमा हाइड्रोजन उपयोगी हुन सक्छ, तर अहिलेको अवस्थामा यसको कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण रहेको छ ।
आज पेट्रोलको विस्थापनको रुपमा ईभी र ब्याट्री प्रयोगमा छन् । तर, ब्याट्रीसँग भण्डारण सीमा, चार्जिङको अवश्यकता र तौलको चुनौती छन् ।
अब मुख्य प्रश्न डिजेलको विकल्पमा के हुन्छ त ?
यसमा हाइड्रोजन इन्धन सम्भावित विकल्पको रूपमा अघि आएको छ । नेपालमा केही युनिट ईभी बसहरू संचालनमा आए पनि ती डिजेलको विकल्प होइन । दिर्घकालिन समाधानको रुपमा डिजेलको विकल्प भनेको हाइड्रोजन नै उपयुक्त देखिन्छ ।
अहिले भारतको कोलकत्ताबाट चामल बोकेर ट्रकहरू कर्णालीसम्म पुगिरहेका छन। हाम्रो वर्तमान आर्थिक अवस्थाको रुपान्तरणका लागि हाइड्रोजन इन्धन एक सम्भावित माध्यम बन्न सक्छ । लामो दुरीमा चल्ने जति पनि डिजेल गाडी छन्, त्यसको व्यवस्थापनको रुपमा हाइड्रोजन उपयोगी हुन सक्छ, तर अहिलेको अवस्थामा यसको कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण रहेको छ ।
यस्ता व्यवहारिक चुनौतीहरूलाई दीर्घकालीन समाधान दिन शिक्षा र अनुसन्धान क्षेत्रको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ। विश्वविद्यालयहरूले भविष्यमा केन्द्रित सोच राख्नुपर्छ । प्रविधि कसरी विकसित र विकासोन्मुख मुलुकहरूमा अगाडी बढिरहेको छ भन्ने विषयमा गहिरो अध्ययन र अनुसन्धानपछि हामी (काठमाडौं विश्वविद्यालय) पनि निष्कर्षमा पुगेका छौँ, जुन निष्कर्षमा अन्य मुलुकहरू पनि पुगेका छन् ।
यस सन्धर्भमा, डिजेलको दीर्घकालीन विकल्पको रूपमा हाइड्रोजन इन्धनलाई हेर्न थालिएको छ, जुन एउटा नवीकरणीय ऊर्जा नै हो । जसरी हाइड्रोपावरबाट उत्पादित विद्युत प्रयोग गरेर ब्याट्री चार्ज गरेर इभी चलिरहेका छन्, त्यसरी नै हाइड्रोपावर वा सोलारबाट उत्पादित बिजुलीबाट हाइड्रोजन उत्पादन गरेर इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ ।
हाइड्रोजनको भविष्य नेपालसहित पूरै एसियामै उज्यालो देखिन्छ । हाम्रो यहाँको शुद्ध पानी र बिजुलीको संयोजनले नेपालमा उत्पादन हुने हाइड्रोजन सम्भवतः संसारकै सस्तो हाइड्रोजन बन्न सक्ने क्षमता राख्छ ।
विश्वमा जति पनि अटोमोबाइल कम्पनीहरू छन्, उनीहरूको अनुसन्धानले पनि यही देखाएको छ कि, भविष्यमा भारी सवारिसाधनका लागि पेट्रोल र डिजेलको वास्तविक विकल्प हाइड्रोजन इन्धन नै हुनेछ, र यो प्रविधि अहिले व्यावसायिक रूपमा प्रयोगमा आउन थालिसकेको छ ।
यस धारणा र प्रविधिको विस्तारमा जानुअघि, हाइड्रोजन
ईभी भनेको के हो भन्ने कुरालाई बुझ्नु आवश्यक छ । हाइड्रोजन भेहिकल पनि ईभीको एक रुप हो तर, यो ब्याट्री ईभी भन्दा फरक प्रविधिमा आधारित हुन्छ । १० वर्ष अघि ईभी अकल्पनीय थियो, तर आज व्यापक रूपमा स्वीकारिएको छ। अबको दशकको प्रवृत्ति हाइड्रोजनतर्फ जाने देखिन्छ ।
यो परिप्रेक्ष्यमा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूको भूमिका झनै महत्वपूर्ण हुन्छ । विश्वविद्यालय र नवप्रवर्तन संस्थाहरूले आजदेखि भविष्यको तयारी गर्न आश्यक छ । यही सोचका साथ हामी, काठमाडौं विश्वविद्यालले हाइड्रेजन कारको एक डेमोमार्फत सम्भावनाको संकेत गरेका हौं, किनभने जीवाष्म इन्धन कोइला, डिजेल, पेट्रोल, ग्यास, ब्याट्री जे सुकै पनि विकल्पहरू मध्ये हाइड्रोजन इन्धन एक दिगो समाधानका रुपमा उपयोग हुने देखिएको छ ।
नेपालको सन्दर्भमा, हाइड्रोजन उत्पादनका लागि आधारभूत स्रोतहरूको अवस्था सकारात्मक देखिन्छ । हाइड्रोजन नवीकरणीय ऊर्जा हो, जसको उत्पादनका लागि नेपालसँग प्रर्याप्त बिजुली र शुद्ध पानी उपलब्ध छ । पानीलाई बिजुलीले टुक्रुयाएर अक्सिजन र हाइड्रोजनलाई छुट्याएर हाइड्रोजन भण्डारण गर्न सकिन्छ र आवश्यक परेको बेलामा प्रयोग गर्न सकिने हुनाले हाइड्रोजन नेपालमा अत्यन्तै उपयोगी विकल्प बन्न सक्छ।
हाल नेपालमा हाइड्रोजन सम्बन्धी संरचना भने छैन । त्यसैले, कार्यन्वयन गर्न ऐन, नियम, निर्देशिका र कार्यविधिमा रुपान्तरण गर्दै व्यवसायीकरणका लागि संगठनात्मक संरचनाको खाँचो छ ।
त्यो सम्भावना देखाउँदै हामीले हाइड्रोजनसम्बन्धी काम सुरू गर्दा दक्षिण एसियामा कुनै पनि विश्वविद्यालयमा यो स्तरमा अनुसन्धान सुरू भएको थिएन । गर्वका साथ भन्न सकिन्छ, काठमाडौं विश्वविद्यालयमा जुन हाइड्रोजनको रिफ्युलिङ स्टेसन र अनुसन्धानका लागि प्रयोगमा ल्याइएको हाइड्रोजन कार दक्षिण एसियामा पहिलोपटक विश्वविद्यालय स्थरमै भएको पहल हो । आर्थिक रूपान्तरणमा ठूलै योगदान गर्न सक्ने प्रविधिको सुरूवात केयुबाट भएको हो ।
यस सफलताको व्यावसायिक सम्भावना पनि
देखिएको छ । कानुनले चिन्न नसकेको भेहिकल केयूले सफल परीक्षण मात्र होइन व्यवसायिक सम्भावना समेत देखाउन सफल भयो । विश्वविद्यालयले भविष्य देखाउने हो । तर त्यसलाई यथार्थमा रूपान्तरण गर्न सरकारको नीतिगत साथ र निजी क्षेत्रको व्यवसायिक पहल आवश्यक पर्छ। यी दुवै पक्षको सहकार्यप्रति हामी आशावादी छौं ।
यस प्रकारको सहकार्यले नीति निर्माणको प्रक्रियालाई पनि गति दिएको देखिन्छ । यदि कुनै काम सही तरिका र विश्लेषणबाट गरिन्छ भने, सरकारले पनि सहयोग गर्न तयार हुन्छ भन्ने कुरा देखिएको छ । नेपालमा पछिल्लो ४ वर्षको समयमा चार वटा हाइड्रोजन समितिहरू गठन भए, जसमा पछिल्लो समितिलाई हाइड्रोजनको नीति मस्यौदा तयार पार्ने जिम्मा पाएको थियो । त्यो नीति पारित समेत भइकन, सम्भव: नेपालमै सबैभन्दा छोटो समयमै जारी भएको नीतिमध्ये हाइड्रोजन नीति होला ।
तर, नीतिलाई व्यवहारमा ल्याउन चाहिने पूर्वाधार अझै निर्माण गर्नु बाँकी छ । हाल नेपालमा हाइड्रोजन सम्बन्धी संरचना भने छैन । त्यसैले, कार्यन्वयन गर्न ऐन, नियम, निर्देशिका र कार्यविधिमा रुपान्तरण गर्दै व्यवसायीकरणका लागि संगठनात्मक संरचनाको खाँचो छ, जसका लागि सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य छ । यदि यी पक्षहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिए, भने नेपालको सम्भावना विश्वस्तरीय बन्न सक्छ ।
हाइड्रोजनको भविष्य नेपालसहित पूरै एसियामै उज्यालो देखिन्छ । हाम्रो यहाँको शुद्ध पानी र बिजुलीको संयोजनले नेपालमा उत्पादन हुने हाइड्रोजन सम्भवतः संसारकै सस्तो हाइड्रोजन बन्न सक्ने क्षमता राख्छ । यी सम्भावनाहरुले नेपाललाई स्वच्छ हाइड्रोजन ऊर्जा क्षेत्रमा नेतृत्वदायी राष्ट्र बनाउने बाटो खुला गरेका छन् ।
–काठमाडौं विश्वविद्यालयका सह-प्राध्यापक डा. थापाले मेरोअटोले आयोजना गरेको ‘अटोमोटिभ कनक्लेभ २०८१’मा व्यक्त गरेको धारणामा आधारित सम्पादित अंश ।