काठमाडौं । एजीका इभीमा अब १५ वर्षसम्मको वारेन्टि लागू हुने भएको छ । एमटी इलेट्रीक कारको बिक्रेता पारामाउन्ट मोटर्सले १५ वर्षे एक्स्टेन्डेड वारेन्टिको सुविधा सार्वजनिक गरेको हो ।
यो नेपालमा पाइने सबैभन्दा लामो अवधिको वारेन्टि सुविधा हो । यसअघि विभिन्न कम्पनीहरुले ११ वर्षसम्मको एक्स्टेन्डेड वारेन्टिको सुविधा दिँदै आएका छन् ।
पारामाउन्ट मोटर्सले ल्याएको यो सुविधामा ग्राहकले अव १५ वर्ष वा २ लाख किलोमिटरसम्म मोटर र व्याट्रीमा वारेन्टि पाउने छन् ।
नेपाली बजारमा एमजीका एस ५, एमजी ४ जस्ता इलेक्ट्रीक कार बिक्री वितरण भइरहेको छ ।

