टाटाले अप्रिलमा बेच्यो ६० हजार कार, ईभी बिक्री ७२% बढ्यो

काठमाडौं । टाटा मोटर्स इन्डियाले प्यासेन्जर कार बिक्रीमा छलाङ मारेको छ । कम्पनीले सन् २०२६ को अप्रिलमा मात्रै कुल ५९ हजार ७०१ युनिट कार बिक्री गरेको हो ।

यो गत वर्ष सन् २०२५ को सोही अवधिको तुलनामा ३१.१२ प्रतिशत धेरै हो । टाटाले गत वर्ष अप्रिलमा कुल ४५ हजार ५३२ युनिट कार बिक्री गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष १४ हजार ५३२ युनिट धेरै बेच्न सफल भएको हो । टाटा सियरा एसयूभी बजारमा ल्याएसँगै बिक्रीमा उल्लेख्य वृद्धि भएको हो ।

अप्रिलमा टाटाको व्यापार घरेलु र अन्तर्राष्ट्रिय दुवै बजारमा बढेको हो । टाटाले अप्रिलमा भारतमा मात्रै ५९ हजार युनिट कार बेचेको छ । यो गत वर्षको तुलनामा ३०.५३ प्रतिशत धेरै हो । गत वर्ष अप्रिलमा ४५ हजाार १९९

टाटाको निर्यात दोब्बरले बढेको छ । गत वर्ष अप्रिलमा ३३३ युनिट कार निर्यात गरेको टाटाले यस वर्ष ७०१ युनिट निर्यात गरेको छ । यो ११०.५१ प्रतिशतको वृद्धि हो ।

अप्रिलमा टाटाको ईभी बिक्री पनि ७२.०७ प्रतिशतले बढेको छ । सन् २०२५ को अप्रिलमा ५ हजार ३१८ युनिट इलेक्ट्रीक भेहिकल बिक्री गरेको कम्पनीले यो वर्ष अप्रिलमा मात्रै ९ हजार १५० युनिट बेच्न सफल भएको हो ।

टाटाले पन्च ईभी फेसलिफ्ट ल्याएसँगै ईभी बिक्रीको रफ्तार झन् बढेको हो । चाँडै सियरा ईभी पनि बजारमा ल्याउँदै छ ।


Back_to_top