हुन्डाईले अप्रिलमा कार बिक्रीमा बनायो रेकर्ड

काठमाडौं । हुन्डाई इन्डियाले घरेलु बजारमा सवारी साधन बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।

कम्पनीले सन् २०२६ को अप्रिलमा भारतमा कुल ५१ हजार ९०२ युनिट कार बिक्री गरेको छ । यो अप्रिल महिनामा बिक्री गरेको हालसम्मकै धेरै संख्या हो ।

सन् २०२५ को अप्रिलको तुलनामा यो वर्ष घरेलु बिक्री १६.९६ प्रतिशतले बढेको छ । गत वर्ष अप्रिलमा घरेलु बजारमा ४४ हजार ३७४ युनिट कार बेचेको थियो ।

घरेलु बजारमा बिक्रीमा रेकर्ड बनाए पनि निर्यात भने घटेको छ । कम्पनीले अप्रिलमा १३ हजार ७०८ युनिट कार निर्यात गरेको छ । जुन गत वर्षकोभन्दा १६.४१ प्रतिशत अर्थात् २६९२ युनिट कम हो । गत वर्ष अप्रिलमा १६ हजार ४०० युनिट कार निर्यात गरेको थियो ।

निर्यात घटे पनि समग्र बिक्री भने बढेको छ । २०२६ अप्रिलमा कुल ६५ हजार ६१० युनिट कार बिक्री गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ७.९६ प्रतिशत धेरै हो । गत अप्रिलमा ६० हजार ७७४ युनिट बिक्री गरेको थियो ।

हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ । कम्पनीले सन् २०२५ को नोभेम्बरमा बजारमा ल्याएको न्यू जेन भेन्युमा ग्राहकको उच्च आकर्षण देखिएको छ ।


Back_to_top