काठमाडौं । प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा नयाँ मोटरसाइकल नेपाल भित्रिएको छ ।
जोन्टेस मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता आइरन मंकले जोन्टेसले जीटी ३५० एड्भेन्चर टूरर नेपाल भित्र्याएको हो ।
भदौ २६ गतेदेखि सुरू हुने नाडा अटो शोबाट आधिकारिक बिक्री सुरू हुने यो मोटरसाइकलको हाल बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ ।
जोन्टेस् जीटी ३५० टीमा ३४८ सीसी सिंगल सिलिन्डर एफआई यूरो ५ इन्जिन रहेको छ । यो इन्जिनले ३८.८ हर्स पावर तथा ३२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा बोश्च कम्पनीको एफआई सिस्टम दिइएको छ । यसमा ६ स्पीडको गियरबक्स पाउन सकिन्छ ।
यो मोटरसाइकलमा बोश्चले नै उत्पादन गरेको एबीएस, डबल डिस्क ब्रेक, एलएलईडी लाइट, कि–लेस कन्ट्रोल, टीएफटी डिस्प्ले, यूएसबी पोर्ट, एडजष्टएवल विन्ड स्क्रीन, असिस्ट स्लिपर क्लच जस्ता फिचर पाउन सकिन्छ ।
यो मोटरसाइकलमा धेरै फिचर सेग्मेन्टमा नै पहिलो फिचरहरू पाउन सकिन्छ । जसमा रेडियल टायर, ट्यूबलेस स्पोक ह्वील, की-लेस, अटो एजष्टएवल विन्ड सिल्ड, एडजष्ट एबल गियर तथा ब्रेक लिभर, ३ रेडियटर, टायर टेम्प्रेचर तथा एयर प्रेसर नोटिफिकेशन जस्ता फिचर यो मोटरसाइकलमा पाउन सकिन्छ ।
कम्पनीले जोन्टेस जीटी ३५० को सुरूआती मूल्य १० लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरू गरेको जनाएको छ ।
यो मोटरसाइकल बुकिङ गर्ने ग्राहकले १ लाख २५ हजार हारहारीमा पर्ने पेनियर बक्स सेट निःशुल्क प्राप्त गर्नेछन् ।


