नेपाल आयो रेनो ट्राइबर, मूल्य कति

काठमाडौं । फ्रान्सेली अटोमोबाइल्स कम्पनी रेनोको ट्राइबर नाडा अटो शोमा प्रदर्शनी हुने भएको छ । कम्पनीको आधिकारीक वितरक एड्भान्स अटो मोवाइलले ट्राइबर नेपाली बजारमा ल्याएको हो ।

भारतीय बजारमा अगस्त २८ तारिखमा सार्वजनिक गर्ने तयारी भइरहेको उक्त गाडी आगामी २७ तारिखमा नाडा अटो शोमा प्रदर्शनी हुनेछ ।

पाँच सिटर अप्सनमा नेपालमा उपलब्ध हुने ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसन सहित बजारमा आउने छ । यो मोडलमा १.० लिटरको ३ सिलिन्डर टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । 

उक्त इन्जिनले ९० बीएच पावरका साथै ११० एनएमको टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसनको साथै अटोमेटिक ट्रान्समिसन उपलब्ध रहेको छ । यसको लम्बाई ४ मिटर भन्दा कम बताइएको छ । 

यसलाई एलबीए कोड नेम दिइएर उत्पादन गरिएको हो । सीएमएफए प्लाटफर्ममा निर्माण भएको रेनो क्वीड बेस्ट ट्राइबर कारको ह्वीलवेस भने क्वीडको भन्दा बढी रहेको छ । सो कार इन्ट्रिलेभल ह्याचब्याक क्वीडमा आधारित हुनेछ ।

कम्पनीले भारतीय बजारमा यो गाडीको मूल्य निर्धारण नगरेकाले नेपाली बजारमा पनि यसको मूल्य निर्धारण भएको छैन । यद्यपी ३० लाखभन्दा कम मूल्यमा ट्राइबर आउने अनुमान गरिएको छ । 


Back_to_top