टाटाकाे प्रिमियम एसयूभी एच फाइभ विराटनगरमा सार्वजनिक

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ  विराटनगरमा सार्वजनिक गरेको छ । भारतीय बजारमा टाटा ह्यारियरको नामले समेत चिनिने टाटा एच फाइभको नेपाली बजारमा शुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैंया तोकिएको छ ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । बुकिङ्ग खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताहरूबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेको कम्पनीले जनाएको छ  । 

क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित रहेको छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्याण्डरोवरको डिएट प्लेटफर्ममा निर्माण गरिएको एसयुभी हो । टाटा एच फाइभमा पुश बटन स्टार्टस्टप, सेमीडिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।


Back_to_top