चावहिल साँखु सडक अलपत्र, ५ स्थानको ठेक्का मध्ये २ स्थानमा मात्रै काम

काठमाडौं । चावहिल–साँखु सडक विस्तार आयोजना यही आर्थिक वर्षको पुष मसान्तसम्मा निर्माण सम्पन्न हुने भनेपनि कही काम अघि बढ्न सकेको छैन । चावहिलबाट कुल ११.४६ किलोमिटर लामो उक्त सडकखण्डको धेरै जसो स्थानमा स्थानियले घर–टहरा नहटाउँदा निर्माण कार्य रोकिएको हो । अहिले पनि ५ पकेट मध्य २ ठाँउमा मात्रै काम चलिरहेको छ ।

२०७२ असोज १३ गते ठेक्का सम्झौँता भएको सो सडकखण्ड ५ वटा कम्पनीलाई विस्तारका लागि दिइएको थियो । उक्त खण्डमा ४० देखि ६५ प्रतिशतसम्ममात्र अहिलेसम्म काम सम्पन्न भएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । 

पहिलो पटकको म्याद पुरा भएर दोस्रोपटक २०७५ पुष महिना भित्र विस्तार सम्पन्न गर्नेगरि सम्झौता भए पनि हालसम्म पुरा हुन सकेको छैन । पछिल्लो पटक थप भएको समयपनि यही पुषमा सकिदैछ यसपटक निर्माण सम्पन्न हुने विभागका प्रवक्ता विश्व विजय लाल श्रेष्ठले जानकारी दिए । 

‘चावहिल–साँखुको मुख्य समस्या भनेको चोक हो, त्यहाँ पाइपको समस्याले जती काम गरेनी फेरि भत्कीने गथ्र्यो, अब हामीले त्यहाँको पाइपलाइन फेर्न ठेक्का दिएका छाँै, छिट्टै त्यो काम सम्पन्न गरी सडकको काम पुरा गर्ने छाँै,’ श्रेष्ठले मेरोअटोसँग भने । 

सो सडक विस्तार २०७६ पुष भित्र सम्पन्न गर्ने सम्झौता भएको छ । तर, केही समस्या अझै रहेकाले यो आर्थिक वर्ष लाग्न सक्ने आयोजनाले जानकारी दिएको छ । 

हालसम्म सो सडक विस्तारको क्रममा ९५ करोड ४६ लाख ८६ हजार रुपैयाँ खर्च भइसकेको छ । 

आयोजनाले सडकलाई पाँचवटा प्याकेजमा ठेक्का लगाएर गरेर विस्तारको काम अघि बढाएको थियो । चावहिलदेखि दक्षिण ढोकासम्मको सडक १० मिटर चौडाई र दक्षिण ढोकादेखि साँखुसम्म ६ मिटर चौडाईमा बिस्तार भइरहेको छ । 

आयोजनाले यो सडक २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको थियो । त्यसका लागि १६ मिटरसम्म सडक खाली गर्नुपर्ने अवस्था थियो । सडक विस्तार गर्दा ठूलो संख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था आयो । स्थानीयले आफ्नो घर भत्काएर सडक विस्तार गर्ने पक्षमा थिएन । स्थानीयको चर्को विरोधले आयोजनाले सडक विस्तारका लागि आवश्यक जग्गा पाउन नसकेपछि सडकको चौडाई घटाईएको हो । 

स्थानीयले सडक विस्तार गर्दा सुकुम्बासी हुने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालले सडक विस्तार गर्ने क्रममा अधिग्रहण गर्नुपर्ने जग्गा र भत्किने भौतिक संरचनाको उचित मूल्य दिन आदेश दिएको थियो । उक्त सडक विस्तार गर्न १ अर्ब ७३ करोड ५४ लाख रुपैयाँको ठेक्का लगाइएको थियो ।

मुआब्जा विवाद, मेलम्ची खानेपानी आयोजनाको पाइपलान विस्तार, टेलिफोन र बिजुलीको पोल, ढललगायत समस्या सम्बोधन हुन नसक्दा समयमा काम हुन नसकेको ठेकेदार कम्पनीले बताउँदै आएका छन् । 

अहिले पनि बाटोको समस्या ज्युका तिउँ रहेको छ । सडकका बीचमा ठूलाठूला खाडल छन् भने सडक बिस्तारको काम केही स्थान छोडेर कतै अगाडि बढेको छैन ।

अहिले जोरपाटी, दक्षिण ढोका, थली, डाँछि, खुलालटार जस्ता स्थानमा सडक बिस्तारको कुनै काम हुन सकेको छैन ।


Back_to_top