काठमाडौं । टीभीएस मोटरसाइकलले काठमाडौंको भृकुटीमण्डपमा आजबाट ‘टिभिएस एक्स्चेन्ज एण्ड फाइनान्स फेयर’को आयोजना गर्दैछ । कम्पनीउक्त एक्स्चेन्जमेलामा सून्य प्रतिशत व्याज र ३० प्रतिशत डाउने पेमेन्टमा मोटरसाइकल बिक्री गर्ने जनाएको छ ।
नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले कुनैपनि मोटरसाइकलको एक्स्चेन्जमा थप १० हजार रुपैयाँ मूल्यांकनजस्ता उत्कृष्ट अफरहरु रहने बताएको छ ।
यसका साथै मेलाको अन्य आकर्षणको रुपमा शून्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् ।
कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको सट्टा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यस योजनाले टीभीएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गर्नुका साथै पुराना टीभीएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने अवशर पाउने छन् ।
‘हामीले यतिखेर ग्राहकमाझ टीभीएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं, यो योजनाप्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला मिलेको छ । सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेन्ज फेयर आयोजना गरेका छौं । यो फेयरले ग्राहकहरुलाई टीभीएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ,’ जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने ।
ग्राहकले ‘टीभीएस दशैंको दौड’ योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।
टीभीएसले ग्राहकलाई पैसाको उत्कृष्ट मूल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेन्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर सयभन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकको मुहारमा मुस्कान फैलाउन टीभीएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको छ ।

