सप्तरङ्ग सिरिज २ को मुख्य प्रायोजकमा टीभीएस अपाचे

काठमाडौं । टीभीएस बाइक तथा स्कुटरको नेपालका लागि आधिकरिक वितरक जगदम्बा मोटर्स प्रालिको सक्रियतामा यसपटक देशको सातै प्रदेशमा टीभीएस अपाचे सप्तरङ्ग सिरिज २ प्रारम्भ हुने भएको छ ।

एक कार्यक्रममा आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गका साथै प्रायोजकहरु टीभीएस बाइकको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स, नेपाल टेलिकम, जनता टेलिभिजन, नेपाल प्रहरी र विभिन्न कलाकारहरुको सहभागिता थियो ।

सप्तरङ्गको पहिलो शृंखलाको लोकप्रियता पछि आयोजक संस्था ग्रीष्मा ब्रोडकाष्टिङ्गको आयोजना रहेको सो संगीतमय मनोरन्जनात्मक कार्यक्रम देशको सातवटै प्रदेशमा क्रमशः यही २०७६ कार्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म प्रस्तुत गरिनेछ ।

कार्यक्रममा विभिन्न गीतसंगीतका साथसाथै नृत्य, प्रहसन आदि पनि समावेश गरिएका छन् । यस साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहनेछन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति गर्ने छन् ।

सो कार्यक्रम सम्पन्न गर्नका लागि जगदम्बा मोटर्सको तर्फबाट उपाध्यक्ष दीपक अग्रवाल र ग्रीष्मा ब्रोडकास्टिङको तर्फबाट अध्यक्ष ग्रिहेन्द्र घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सप्तरङ्ग सिरिज २ एक विशुद्ध सांगीतिक मनोरन्जनात्मक कार्यक्रम हो र यो कार्यक्रम विभिन्न फरक फरक दिनमा सातवटै प्रदेशमा दिउँसो ३ बजेपछि प्रदर्शन गरिनेछ । आफ्नो प्रिय कलाकारहरुलाई आफ्नै समीपमा प्रत्यक्ष देख्न र सुन्न तयार रहनका लागि आयोजकले अनुरोध गरेकाे छ ।


Back_to_top