फोर्डले महिन्द्रा मराजोको प्लाटफर्ममा निर्माण हुने नयाँ एमपीभी २०२१ मा सार्वजनिक गर्ने जनाएको छ । सात र आठ सिट अप्सनमा उपलब्ध हुने यो मोडल नयाँ प्रदुषण मापदण्ड अनुासरको पेट्रोल र डिजेल इन्जिनमा आउने छ ।
महिन्द्रासँगको सहकार्यमा निर्माण हुने यो मोडल स्पोर्टी लुक्समा आउने छ । दुई कम्पनी बीचको जेभीमा आउने एमपीभीमा हाइब्रिड इन्जिन चेसिस, आकर्षक इन्फोटेनमेन्ट टचस्क्रिन सिस्टमको विशेषता दिइएको छ । उक्त मोडल विभिन्न तीन स्पोर्टी भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।
आकर्षक डिजाइनमा निर्माण हुने फोर्डको यस एमपीभीमा नयाँ ड्यासबोर्ड, फ्रन्ट ह्वील ड्राइभ सिस्टम, सस्पेन्सन सेटिङ्का साथै उच्च सुरक्षा फिचर प्रदान गरिने भएको छ ।
कम्पनीले नयाँ एमपीभीमा १.५ लिटर फोर सिलिन्डर डिजेल इन्जिन दिने छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स र ६ स्पीड एएमटी अप्सनमा उपलब्ध हुने छ । डिजाइन, विशेषता, मूल्य लगायतका आधारमा यसले, टोयोटाको इनोभा क्रिष्टा र अपकमिंङ किया कार्निभलसँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ ।

