भारतमा दिपावलीले अटोबजार बुम, यी हुन् सर्वाधिक बिक्री भएका १० मोडल

दिपावलीको अवसरमा घरमा नयाँ बस्तु खरिद गरेर ल्याउने चलनले भारतीय अटो क्षेत्रलाई ठूलो राहत दिएको छ । विगत १० महिनादेखि ओरालो लागेको भारतीय अटोबजार अक्टोबर महिनामा निकै चमकदार रह्यो ।

अक्टोबर महिनामा सबैभन्दा धेरै कार मारुती सुजुकीले बिक्री गर्यो भने सर्वाधिक बिक्री भएका १० मोडलको सूचीमा ८ मारुती सुजुकीका मोडलले स्थान बनाएका छन् । 

अक्टोबरमा यसअघि टप १० मोडलमा स्थान बनाएका केही मोडल बाहिरिएका छन् भने मारुती सुजुकीको माइक्रो एसयूभी एसप्रेसोले प्रबेश पाएको छ । टप १० सूचीमा पहिलो पटक कियाले प्रबेश पाएको छ । कियाको मिडसाइज एसयूभी सेल्टोसले १२ हजार ८५४ यूनिट बिक्री गर्दै सूचीमा ७ औं स्थान पक्का गरेको हो । 

सूचीको पहिलो स्थानमा मारुती सुजुकी डिजायर रहेको छ भने त्यसपछि क्रमश स्वीफ्ट, अल्टो, बलेनो रहेका छन् । हुन्डाईको प्रिमियम ह्याचव्याक कार आई २० ले ५ औं स्थान कब्जागर्दा मारुती सुजुकी वागेनआरले ६ औं स्थान पाएको छ । 

त्यसैगरी ८ औं, ९ औं र १० औं स्थानमा पनि मारुती सुजुकीका एसप्रेसो, ब्रेजा र इको रहेका छन् । 


Back_to_top